टेकराज भण्डारी, फागुन २३, अछाम ।

नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञ बहादुर बाेगटीले नेकपा एमालेकाे ३ महिने वडा केन्द्रीत कार्यक्रमले नेता र जनताबीचकाे सम्बन्धलाई मजबुत बनाईरहेकाे बताउनु भएको छ ।
तीन महिने वडा केन्द्रीत अभियान अन्तर्गत मंगलसेन नगरपालिका वडा नम्बर ६ र ७ काे संयुक्त समिक्षा कार्यक्रममा प्रमुख अतिथिकाे आशनबाट बाेल्दै केन्द्रीय सदस्य तथा पूर्व सांसद बाेगटीले एमालेका हरेक नेता कार्यकर्ताले पार्टीका नीति, कार्यक्रमबारे जानकारी लिँदै जनतालाई सु-सुचित गर्नुपर्नेमा जाेड दिनुभयो ।

नेकपा एमाले मंगलसेन ७ का वडा कमिटी अध्यक्ष गंगा कामीकाे अध्यक्षतामा भएको कार्यक्रममा अछाम क्षेत्र नम्बर २ का ईन्चार्ज समेत रहनुभएका नेता बाेगटीले एमाले बलियाे र पूर्ण बहुमत भए मात्रै एमालेले अघि सारेका जनमुखी कामले सार्थकता पाउने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य भीम जनालाले समाज निर्माणका लागि नेकपा एमालेले थुप्रै काम गरेकाे बताउनुभयो । सुखी नेपाली समृद्ध नेपालकाे नारालाई सार्थक पार्न हरेक क्षेत्रमा बलियाे एमाले आवश्यक रहेकाे र यसका लागि वडा केन्द्रीत अभियान ल्याएकाे बताउनु भयाे ।

नेकपा एमाले जिल्ला कमिटी सचिव भीम बहादुर रावलले सबै नेता, कार्यकर्ता तथा जनवर्गीय संगठनकाे परिचालन गर्दै जनताको भलाईका लागि काम गर्नुपर्नेमा जाेड दिनुभयाे ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी स्कुल विभाग सदस्य रत्न प्रसाद ढुंगानाले नेता तथा कार्यकर्ताकाे संयुक्त प्रयासले कम्युनिस्ट विचार तथा सिद्धान्तलाई मुर्त रुप दिएर जनमुखी काम गर्न सकिने बताउनु भयाे । नेता कार्यकर्ताले पार्टीका लागि पनि याेगदान दिनुपर्नेमा उहाँले जाेड दिनुभयाे ।
मंगलसेन नगरपालिकाका उपप्रमुख तथा एमाले जिल्ला कमिटी सदस्य संगीता कुमारी रावलले पार्टी तथा जनप्रतिनिधिले गरेका राम्राे कामबारे सबै जनतालाई जानकारी दिँदै थप कामका लागि सुझाव दिन आग्रह गर्नुभयो । गाउँ तहसम्म एमालेलाई बलियाे बनाउँदै सबै जनताकाे मनमा छाप पर्ने गरी काम गर्नुपर्ने उपप्रमुख रावलकाे भनाइ छ ।

वडा नम्बर ६ र ७ मा यस अघि तीन महिने अभियानमा जिल्ला कमिटी सदस्य दुर्गाप्रसाद भण्डारी र पुष्पराज भण्डारीले क्रमश वडा नम्बर ७ र ६ मा भएका गतिविधिबारे रिपोर्टिङ गर्नुभएको थियाे ।
समिक्षा कार्यक्रममा एमाले जिल्ला कमिटी सल्लाहकार सदस्य चन्द्र प्रसाद भण्डारी, खड्के कामी, नगर कमिटी सचिव डम्बरबहादुर रावल, वडा नम्बर ७ का अध्यक्ष राज बहादुर शाही, वडा नम्बर ६ का अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी, शिक्षक संगठनका शान्ति शाही, प्रेस चाैतारी अछामका पूर्व अध्यक्ष टेकराज भण्डारी, युवा संघका खेमराज भण्डारी लगायतले मन्तब्य राख्दै राख्नुभएको थियाे ।
नगर कमिटी सदस्य चक्र प्रसाद भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमकाे सञ्चालन नगरकमिटि सहसचिव कालुसिंह विकले गर्नुभएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय