हिक्मत बहादुर नेपाली
अछाम चैत १६ ।
कमलबजार नगरपालिका वडा नं ५ कुईकाका वडा अध्यक्ष सत्य राज तिमिल्सैनाले मृतकका परिवारलाई सहयोग हस्तान्तरण गर्नुभएको छ । वडा स्थित राम बहादुर चलाउनेको भारतमा कामको सिलसिलामा कलिलो उमेरमै मृत्यु हुँदा मृतकको ७ वर्षका नावालक छोरालाई सहयोग पुग्ने गरि आफ्नो  व्यक्तिगत सेवा सुविधाबाट  ५ हजार सहयोग हस्तान्तरण गरिएको वडा अध्यक्ष तिमिल्सैनाले कमलबजार दैनिक डटकमलाई जानकारी दिनुभयो । वडा अध्यक्ष तिमिल्सैनाले आफू निर्वाचित भए देखिनै आफ्नो वडामा निधन भएका मृतक परिवारलाई किरिया खर्च स्वरूप आफ्नो सेवा सुविधा बाट प्राप्त हुने रकम खर्च गर्दै आउनु भएको छ । सोही कार्यको निरन्तरता स्वरुप मृतक चलाउनेका परिवारलाई आज उनकै घरमा गएर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय