दैनिक समाचारदाता
अछाम बैशाख १३ ।
नेकपा एमाले अछामको जारी जिल्ला अधिवेशनमा छनोट भएका प्रतिनिधिले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन । यस बिच कमलबजार नगरपालिका वडा नं ५ का वडा सदस्य समेत रहेका दुर्गा प्रसाद तिमिल्सैनाले जिल्ला कमिटी सदस्य पदका उम्मेदवारी दिने घोषणा गरेक छन । कमलबजार मिडिया प्रालि द्वारा सञ्चालित कमलबजार दैनिकका प्रकाशक/सम्पादक हिक्मत बहादुर नेपाली संग संक्षिप्त कुराकानी गर्दै उम्मेदवारी दिने घोषणा गरेका हुन ।
तिमिल्सैनाको राजनितीक पृष्ठभूमि
तिमिल्सिना बि.सं २०४८ देखि सक्रिय राजनीतिमा छन । २०४८ देखि २०५३ अनेरास्ववियु जिल्ला कमिटी सदस्य रहेका तिमिल्सैना २०५५ मा परायुसंघको जिल्ला सदस्य भएका थिए । २०५८ देखि २०७० सम्म अछाम काठमाडौ सम्पर्क समितिका सहसचिव रहेका उनि २०७९ मा भएको स्थानीय तहको निर्वाचनका वडा नं ५ कुईकाका वडा सदस्यमा निर्वाचित भएका थिए । हाल उनी नेकपा एमाले कमलबजार नगरकमिटी का सचिव समेत रहेका छन ।
ADVERTISEMENT