हिक्मत बहादुर नेपाली
अछाम बैशाख १६ । संस्थागत तथा व्यक्तिगत व्यवहार क्षमता विकास सम्बन्धीको तीन दिने तालिम आज कमलबजारमा सम्पन्न भएको छ । स्थानीय सरकारका कर्मचारी तथा जनप्रतिनिधीहरुलाई ५ दिने छोटो अवधिको तालिम प्याकेज अन्तर्गत प्रारम्भीक रुपमा कमलबजार नगरपालिकामा कार्यरत कर्मचारीका लागी तीन दिने तालिम सम्पन्न भएको हो । गत बैशाख १४ गते देखी कमलबजार नगरपालिकाको आर्थिक सहयोग तथा सामाजिक प्राविधिक अध्ययन अनुसन्धान केन्द्रको सहजीकरणमा सुरु भएको तालिमको आज समापन भएको हो । तालिममा कमलबजार नगरपालिकाका विभिन्न तहमा कार्यरत कर्मचारीको सहभागीता रहेको थियोे । तालिममा सामाजिक प्राविधिक अध्ययन अनुसन्धान केन्द्रका प्रशिक्षक ध्वज बहादुर उखेडाले प्रशिक्षण गराउनु भयो ।
तालिमको समापनमा सहभागीको तर्फबाट बोल्दै कमलबजार नगरपालिका वडा नं ६ का वडा सचिव हेमन्त बकुमार शाहीले तालिम व्यक्तिगत र संस्थागत विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने र आफुले धेरै कुरा सिक्ने मौका पाएको बताउनु भयो ।
तालिमको समापनमा बोल्दै जनस्वास्थ्य अधिकृत चक्र बहादुर बिष्टले तालिम पश्चात कर्मचारीले सेवाग्राही संग गर्ने व्यवहारमा परिवर्तन हुने अपेक्षा गर्नुभयो । संस्थागत तथा व्यक्तिगत व्यवहार क्षमता विकास सम्बन्धीको तालिमलाई आगामी दिनमा कर्मचारी र जनप्रतिनिधि लाई संगै राखेर निरन्तरता दिनुपर्नेमा उहाँको जोड छ । तालिमको उद्धाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथी कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले उद्घोष गरे अनुसार भोलि १७ गते दलित समुदाय बाट निर्वाचित जनप्रतिनिधि र सो समुदायका अगुवा लाई व्यवहार तथा क्षमता विकास सम्बन्धि तालिम दिईने कमलबजार नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाहीले बताउनु भयो ।
ADVERTISEMENT