हिक्मत बहादुर नेपाली
कमलबजार, जेठ ०९ ।
एकिकृत उत्थानशील जिविकोपार्जन परियोजनाको समिक्षा अनुभव तथा सिकाई आदानप्रदान कार्यक्रम आज कमलबजारमा सम्पन्न भएको छ । वाक नेपालको आयोजना तथा कमलबजार नगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम कमलबजार नगरपालिका वडा नं ६ का अध्यक्ष तथा कार्यबाहक नगर प्रमुख लाल बहादुर शाहको अध्यक्षतामा तथा वाक नेपाल कार्यसमिति निवर्तमान अध्यक्ष र हाल वाक नेपाल का सदस्य बल बहादुर केसी को विशिष्ट आतिथ्यमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा सो कार्यक्रम सञ्चालन भएका कमलबजार नगरपालिका वडा नं २,३,४, र ५ नं वडाका जनप्रतिनिधिका साथै सो परियोजनाबाट लाभान्वित व्यक्ति तथा समुहको बिशेष उपस्थिति रहेको थियोे ।साथै अन्य वडाका जनप्रतिनिधि संगै कमलबजार नगरपालिकाका विभिन्न बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधिको समेत उपस्थिति रहेको थियोे ।
कार्यक्रममा कमलबजार नगरपालिका वडा नं ५ का अध्यक्ष सत्य राज तिमिल्सैना र निमित्त प्रमुख प्रशासकीय अधिकृृत टेक बहादुर बिष्टले मन्तव्य राख्दै कार्यक्रममा समुदायमा राम्रो सकारात्मक प्रभाव परेको र दिगोपनाका लागि कृषिमा यान्त्रिक उपकरण वितरण तथा जीविकोपार्जनका लागि सहयोग गरेर मात्र नहुने बरु निगरानी र प्रविधि सञ्चालनका लागि बिशेष तालिम दिएर जनशक्ति उत्पादन गर्न तर्फ जोड दिनुपर्ने राय व्यक्त गर्नु भएको थियो । साथै अन्य कार्यक्रममा बोल्ने बक्ता तथा लाभग्राहीले कार्यक्रमको निरन्तरता हुनुपर्ने माग गरेका थिए । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र वाक नेपाल द्वारा संयुक्त साझेदारी सञ्चालित एकिकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजनाले कमलबजार नगरपालिकामा हालसम्म हाँसिल भएका उपलब्धिहरु, सिकाइ आदान प्रदान सम्बन्धी स्थानीय तह र सरोकारवलाहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
वाक नेपाल एकिकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना कार्यक्रम संयोजक लक्ष्मीभक्त जोशीले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको थियोे । परियोजनाले समुदायमा हाल सञ्चालन गरेका विभिन्न कार्यक्रम सम्बन्धि प्रस्तुतीकरण कार्यक्रम अधिकृत आरती कुँवरले गर्नु भएको थियो । कार्यक्रम सञ्चालनका क्रममा सहयोग तथा सहजीकरण फिल्ड परिचालक पुरन बहादुर चलाउने र दिनेश बि कले गर्नुभएको थियोे । कार्यक्रमको सञ्चालन कमलबजार नगरपालिका कृषि विकास शाखामा कार्यरत कृषि प्राविधिक वृख बहादुर बिष्टले गर्नुभएको थियोे ।
ADVERTISEMENT


