हिक्मत बहादुर नेपाली
अछाम असार ०४ ।
अछाममा भुमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासी लाई जग्गा प्राप्तिका लागि प्रकृया सुरु भएको छ । सो प्रकृया लाई कार्यान्वयन गर्न भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन स्थानीय तहको सहयोगमा आयोजित स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ । भुमि समस्या समाधान आयोग जिल्ला समिति अछामका अध्यक्ष राम बहादुर आउजीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियोे ।
कार्यक्रममा नापी कार्यालय प्रमुख तथा भुमि समस्या समाधान आयोग जिल्ला समिति अछामका सदस्य सचिव विदुर पौडेलले कार्यक्रममा बिषयमा प्रस्तुतीकरण राख्नु भएको थियोे ।
आयोगले ३५ दिन भित्र भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन स्थानीय तहले तथ्यांक संकलन गर्ने निर्णय गरिएको छ । यस्तै कर्मचारी परिचालनका लागि अधिकृत छैटौं खड्ग बहादुर बिष्टलाई भुमि शाखा प्रमुख जिम्मेवारी तोकि उहाँको नेतृत्वमा समिति तयार भएको छ ।
जसका लागि नगर प्रमुखको संयोजकत्वमा पालिका स्तरीय सहजीकरण समिति गठन गरिएको छ । कार्यक्रमको सञ्चालन भुमि समस्या समाधान आयोग जिल्ला समिति अछामका सदस्य हेमा शाहीले गर्नु भएको थियो । कार्यक्रममा, जनप्रतिनिधिफराजनीतिक दलका प्रतिनिधि, पत्रकार, कर्मचारी लगायतको उपस्थिति रहेको थियोे ।
ADVERTISEMENT




