रमिता विक
कमलबजार, असार १९ ।

किशोर किशोरीहरुका लागि जीवन उपयोगी सिप  सम्बन्धि रुपान्तरण कक्षाकाे एक दिने वार्षिक समिक्षा कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ। आस्था नेपालको आयोजना तथा वल्र्ड भिजन  इन्टरनेशनल नेपालको सहयोग एवं कमलबजार नगरपालिकाको समन्वयमा रूपान्तरण कक्षाको वार्षिक समीक्षा कार्यक्रम आज बिहीबार कमलबजारमा सम्पन्न भएको हो। किशोर किशोरीहरूलाई जीवन उपयोगी सीप प्रदान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको स्रोतले जनाएको छ।
सोही कार्यक्रममा नाम दर्ता तथा परिचयात्मक कार्यक्रम रूपान्तरण कक्षाको उद्देश्यबारे जानकारी रूपान्तरण कक्षाको बारेमा सहभागिताबाट सिकाई सेयरिङ गर्ने तरिका समस्या चुनौतीबारे छलफल रूपान्तरण कक्षाको बारेमा छलफल कक्षाको सिकाइ र सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम लगायतका विषयवस्तुहरुमा छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै कमलबजार ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले किशोर किशोरीहरूलाई आत्मनिर्भर बनाउने उल्लेख गर्दै आजका किशोर किशोरीहरू भोलिका नेतृत्व हुन् भन्दै यस्ता रुपान्तरण कक्षाहरूले उनीहरूलाई अनुशासन र आत्मविश्वासी बनाउने र सामाजिक उत्तरदायित्व बहन गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी प्रमुख हर्ष बहादुर चन्दले किशोर किशोरी लक्षित रूपान्तरण कक्षालाई अपराध न्यूनीकरणसँग जोड्दै भने जीवन उपयोगी सीपले किशोर किशोरीहरूलाई सकारात्मक मार्गतर्फ दोहोर्‍याउने विश्वास गर्दै जब युवाहरू सही बाटोमा लाग्छन् तब समाजमा हुने बालविवाह लागु पदार्थ दुरुपयोग र हिंसाका घटनाहरू स्वत घट्ने बताउनुभयो ।

रूपान्तरण कक्षाको साथी शिक्षकको तर्फबाट बोल्दै कमलबजार नगरपालिका ५ का लोक राज उपाध्याय अध्ययन गराइरहँदा सुरुवातीको अवस्थाभन्दा अहिलेको अवस्थामा उल्लेखनीय सुधार आएको बताएका छन्। साथै उनले यो कक्षा केवल सीप सिकाउने माध्यम नभएर किशोर किशोरीहरूलाई जिम्मेवार नागरिक बनाउने अभियान भएको पनि उल्लेख गरेका छन्।

रूपान्तरण कक्षाका सहभागी विद्यार्थी प्रकाश विकले भने मैले रूपान्तरण कक्षाको क्लास लगिसकेपछि बालविवाह गर्नु हुँदैन बचत गर्ने बानी बसाल्नुपर्छ सबैसँग समान व्यवहार गर्नुपर्छ। गोपनियतामा ध्यान दिनुपर्छ भन्ने लगायतका कुराहरु सिक्न पाए म आफैमाथि आत्मविश्वासी भए यस्तै अर्का कमल बजार नगरपालिका वडा नम्बर ४ का छात्रा मनिषा तिमिल्सिनाले रूपान्तरण कक्षाले धेरै कुराको अनुभव गरायो। ममा धेरै परिवर्तन भयो। पहिले म आफ्ना कुरा खुलस्त भन्न सक्दिनथेँ। तर अहिले म खुलेर बोल्न आफ्ना अधिकारको बारेमा बुझ्न र अरुलाई पनि सचेत गराउन सक्ने भएकी छु।कार्यक्रमकाे सञ्चालन आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाहीले गर्नुभएको थियो ।

कमलबजार नगरपालिकाका उपप्रमुख शारदाकुमारी बिष्टको अध्यक्षतामा भएको वार्षिक समीक्षा कार्यक्रममा कमलबजार नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मिनबहादुर साउद वडा नम्बर ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैना, निमित्त प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाही इलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी प्रमुख हर्षबहादुर चन्द शिक्षा शाखा प्रमुख ऋषिकेश ढकाल विषयगत शाखाका कर्मचारी सञ्चारकर्मी रूपान्तरण कक्षाका विद्यार्थी लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय