
हिक्मत बहादुर नेपाली
अछाम असार २० ।
तुर्माखाद गाँउपालिका वडा नं ८ धमालीमा सार्वजनिक सुनुवाई तथा बार्षिक समिक्षा कार्यक्रम आज शुक्रवार सम्पन भएको छ । वडा अध्यक्ष निरक बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी तुर्माखाद गाँउपालिकाका उपाध्यक्ष विमला कुमारी शाही रहनु भएको थियो । वडा स्थित वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय, सामुदायिक वन, सामुदायिक मिल, तथा विभिन्न सरकारी तथा सामुदायिक संस्थाको आयव्यय सहितको प्रतिवेदन प्रस्तुत गरिएको सार्वजनिक सुनुवाई तथा बार्षिक समिक्षा कार्यक्रममा विभिन्न सवालजवाफ प्रस्तुत भएका थिए । कार्यक्रममा जनप्रतिनिधी, विभिन्न राजनितीक दलका प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधी तथा आम नागरिकको सहभागीतामा कार्यक्रम सम्पन भएको हो । वडा कार्यालयमा कार्यरत नायब पशु स्वास्थ्य प्राविधीक खकेन्द्र बहादुर बिष्टको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव शान्ती विकले गर्नु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण रेडियो गाँउघरका कार्यकारी निर्देशक टेक बहादुर थापा र रेडियो केबिएम एफएफका प्रमुख हिक्मत बहादुर नेपाली गर्नु भएको थियो । कार्यक्रमको अडियो रेडियो गाँउघर र रेडियो केबिएम एफएफ बाट सुन्न सकिनेछ भने भिडियो कमलबजार मिडिया केबिएम टिभी अनलाईन युटुब च्यानल र केबिएम खबर फेसबुक पेजमा अपलोड गरिनेछ ।source : https://kbmfm.com/archives/5137