हिक्मत बहादुर नेपाली
अछाम असार ३० ।
कमलबजार नगरपालिका अन्र्तगत विभिन्न तहमा कार्यरत संघिय स्वास्थ्य सेवातर्फ नियुक्ति भई स्थानीय तहमा समायोजन भएका स्वास्थ्य तर्फका कर्मचारीले ज्ञापनपत्र बुझाएका छन । संघिय स्वास्थ्य सेवा बाट चौथो तह बाट पाँचौ तह, पाँचौ तह बाट छैटौ तहमा स्तर वृद्धि भई पाँच बर्ष पुरा हुन बाँकी रहेका कमलबजार नगरपालिका अन्र्तगतका स्वास्थ्यकर्मी हरुले हालै सुदूरपश्चिम प्रदेश सभाबाट पारीत स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ को दफा ९ को उपदफा ४ अन्र्तगत कर्मचारी समायोजन ऐन २०७५ बमोजिम संघिय स्वास्थ्य सेवाबाट स्थानीय तहमा समायोजन भएका चौथो, पाँचौ र छैटौं तहमा कार्यरत कर्मचारीको हकमा समायोजन पछी सेवा अवधी पाँच बर्ष पुरा भएको खण्डमा एक पटकका लागी एक तह बृद्धि गरिने भन्ने प्रावधान समावेश गरिएको छ । उक्त प्रावधान अनुसार संघिय स्वास्थ्य सेवाबाट स्थानीय तहमा समायोजन भएका चौथो, पाँचौ र छैटौं तहमा कार्यरत कर्मचारीले गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

थप हेर्नुहोस यो ज्ञापन पत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय