रमिता बि क,

कमलबजार, आफ्नो गाउँ आफैँ बनाउँ भन्ने उद्देश्यले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सब इन्जिनियर नरेश थापाको पहलमा कमल बजार नगरपालिका वडा नम्बर ५ कुइकाका युवाहरू मिलेर अविरल वर्षाका कारण खाल्डाखुल्टी परेर बिग्रेको सडक ग्राभेल गरेको कमलबजार नगरपालिका ५ का सुरत बिकले जानकारी दिएका छन्।। केही दिन अगाडि पानी बगेर बाटो बिग्रेको ठाउँमा सबैले पानी छेकौं र नाला खोलौं भनेर सामाजिक सञ्जालमा अनुरोध गरिएको थियो। लगातार पानीले बाटो बिग्रिरहँदा कमल बजार नगरपालिका ५ का युवाहरूले आफै सडक ग्राभेल गरेका हुन।

सडकमा पढेका खाल्डाखुल्डीहरूलाई स्थानीय टिकाराम देवकोटा सुरत बिक प्रदिप थापा गोकर्ण बिक छत्र बिक दीपक टमटा कलम बिक रणबहादुर थापा महन खत्री प्रकाश बिष्ट रमेश बिष्ट लगायतका युवाहरूले निस्वार्थ श्रमदान गरेका छन्। युवाहरू भन्छन् हामी युवाहरू पनि विकासमा केही गर्न सक्छौं अब सधैंको लागि बाटो हिलाम्मे हुने समस्या हट्ने आशा गरेका छौं। ग्राभेल कार्य सम्पन्न भएपछि अहिले उक्त सडकबाट विद्यालय जाने विद्यार्थीहरू कृषकहरू तथा सवारी चलाउने स्थानीयहरू सबैले सहज महसुस गर्न थालेका छन्। यस्तो उदाहरणीय कार्य गरेकोप्रति कमलबजार नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैना सब इन्जिनियर थापा र गाउँका युवाहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय