अछाम, श्रावण १६ ।

राष्ट्रिय कोदो दिवस अछाम जिल्लामा पनि विभिन्न कार्यक्रमको आयोजनागरि मनाएको छ । दिवसको अवसरमा मंगलसेन नगरपालिकाले सरोकारवाला संग अन्र्तक्रिया संगै कोदो खेतीलाई कसरी व्यवसायीक रुपमा अगाडी बढाउन सकिन्छ भन्ने विषयमा सरोकारवालाको सुझाव समेत संकलन कृषि प्राविधिक तर्क कुमार भुलले बताउनुभयो । सरकारले अबदेखी हरेक वर्षको साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने भनी गरेको निर्णय अनुरुप मंगलसेन नगरपालिकाले पनि कार्यक्रमको आयोजनागरि कोदोको परिचय, यसको महत्व, यसले मानव स्वास्थ्यमा गर्ने फाईदा, खेतीगर्ने तरिकाको बारेमा समेत जाकारी गराईएको थियो ।

नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि स्थानीय सरोकारवालाले यो निकै महत्वपूर्ण पुरानो रैथाने बाली भएकाले यसको प्रवर्दनका लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए । पछिल्लो समयमा कोदोखेती गर्ने प्रचलन हराउदै गएकोमा चिन्ता व्यक्तगर्दै उनीहरुले यसको महत्वका बारेमा समुदायमा सचेतना फैलाउनुका साथै कोदोखेती गर्ने किसानलाई उत्पादनमा आधारित अनुदान दिनुपर्नेमा जोड दिएका थिए । यसले मानव स्वास्थ्यमा धेरै किसिमको फाईदा गर्नेभएपनी यसलाई हेलाको अन्नका रुपमा हेरिएको हुदा अब यसको महत्वका बारेमा व्यापकरुपमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताएका छन

। कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले निकै महत्व बोकेको कोदो खेतीलाई व्यवसायीक रुपमा अगाडी बढाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नगरका सबै वडामा कोदो लगाउने गरेको भएपनी यसलाई व्यवसायीक रुपमा कसैलेपनी नलगाएको हुदा अब व्यवसाय गर्ने किसानलाई छनौटगरि कोदो खेती गर्न प्रोत्साहन गर्ने बताउनुभयो । पछिल्लो समयमा हामी अल्छी हुदैगएकोमा चिन्ता व्यक्तगर्दै नगर प्रमुख बोहराले यस्ता रैथाने बालीको व्यवसायीक रुपमा खेतीगर्ने किसानलाई पुरस्कारको समेत व्यवस्थागरिने उहाको भनाई छ ।

नगर उप प्रमुख संगीता रावल सोडारीले हेलाको रुपमा हेरिने कोदोलाई अब नगरपालिकाले पहिलो प्रथामिकता दिनुपर्ने बताउनुभयो । जबसम्म हामी यस्ता पुराना रैथाने बालीको संरक्षण गर्दैनौ तबसम्म हाम्रो पोषण क्षेत्रका सुधार आउन नसक्ने भन्दै यसका लागि नगरपालिकाले विशेष योजना ल्याउन आवश्यक रहेको बताउनुभयो । आफु विरामीहुदा शरिरमा रगत बढाउने अस्पतालको धेरै औषधी खादापनी नबढेको र जब आफुले ३ महिनासम्म लगातार कोदोको परिकार खाए, त्यसभन्दा पछाडी शरिरमा रगतको मात्रा पुगेको उदाहरण दिदै कोदो मावन स्वास्थ्यका लागि निकै महत्वपूर्ण खाद्यान्न भएको बताउनुभयो । महिला र किशोरीहरुका लागि त यो निकै महत्वर्ण हुने उप प्रमुख रावलको भनाई छ ।
कार्यक्रममा बोल्दै अछामका प्रमुखजिल्ला अधिकारी आनन्द सारुले कोदो जस्तो रैथाने बालीको संरक्षण गर्नु स्थानीय सरकारको प्रमुख दायीत्व हुने बताउनुभयो । यस्ता बाली पछिल्लो समयमा लोपहुन थालीसकेकाले यसको संरक्षण संगै अनुसन्धानमुलक बनाउनुपर्नेमा जोडदिनुभएको छ । स्थानीय सरकारले यस्ता बालीको प्रवद्र्धनका लागि निश्चित बजेटको व्यवस्थापनगरि सोही किसिमको जनशक्ति तयार पार्नुपर्ने सुझाव दिनुभएको छ ।
सोही अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले कोदो लगायतका रैथाने बालीको थप प्रवद्र्धनका लागि कोसेलीघर स्थापना गर्नुपर्ने बताउनुभयो । हामीले कोसेली घर स्थापनागरि यसको बजारीकरण गरेको खण्डमा यसको उत्पादनमा बृद्धिहुने विश्वाश व्यक्तगर्नुभयो । कोसेलीघर निर्माणका लागि आवश्यक छलफल गरि ठोस योजना निर्माण गरिने उहाको भनाई छ ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कार्य समिति सदस्य जनकराज भण्डारी, नेकपा माओवादी केन्द्रका नगर कमीटी सचिव कमल थापा, वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी लगायतले मन्तव्य राख्दै कोदो खेतीलाई व्यवसायीक रुपमा अघि बढाउन सरोकारवालाले आ आफ्नो क्षेत्रबाट सकारात्मक भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । पछिल्लो समयमा शहरबजारमा निकै लोकप्रिय र महंगो खानाको रुपमा परिचित कोदोलाई अब गाउँमा पनि महत्व दिन आवश्यक रहेको बताएका छन । गाउँबाटै शहर जाने कोदोलाई गाउँमा पनि खाने बानीको विकास गर्न जरुरी रहेको अधिकांश सरोकारवालाको भनाई थियो । कार्यक्रमको उदेश्यको बारेमा कृषिशाखा प्रमुख तपेन्द्र केसीले जानकारी गारउनुभएको थियो भने कार्यक्रमको संचालन कृषि प्राविधिक तर्ककुमार भुलले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, किसान, सामाजिक अगुवा र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय