अछाम श्रावण २७ । नेकपा (एमाले) रामारोशन गाउकमीटीको चौथो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । पालिका कमिटी अध्यक्ष भीष्म बहादुर साउदको अध्यक्षतामा भएको बैठकले पालिका स्तरमा पार्टीका गतिविधिलाई तिब्रता दिने, पालिका स्तरमा हुने हरेक विकास निर्माणका कार्यहरुको निगरानी राख्ने र कहीकतै लापरबाही भएको खण्डमा सम्बन्धित निकायको ध्यानआकर्षण गराउने लगायतका निर्णय गरेको छ ।
बैठकमा पार्टीका प्रदेश कमीटी सदस्य तथा पालिका कमीटी ईन्चार्ज चक्र बहादुर रावल प्रमुख अतिथि रहनुभएको बैठकमा जिल्ला कमीटी उपाध्यक्ष तिलक बहादुर कुवँर, प्रदेश सल्लाहाकार सदस्य नरेन्द्र साउद, जिल्ला कमिटी सदस्यहरु उमाकान्त खनाल, चक्र रावल, पदम शाह, रतन साउद, पुर्व जिल्ला कमिटी सदस्य मान सिं रोकाय, जिल्ला सल्लाहकार सदस्य कुल बहादुर बटाला लगायतका नेताहरुको सहभागिता रहेको थियो । बैठकको संचालन पालिका कमिटी सचिव लाल बहादुर बटालाले गर्नु भएको थियोे ।




