कमलबजारमा राष्ट्रिय परिचयपत्र बनाउन हिडेका बृद्धको ढलेर मृत्य
हिक्मत बहादुर नेपाली
अछाम भाद्र ०३ ।
अछामको कमलबजारमा राष्ट्रिय परिचयपत्र बनाउन हिडेका बृद्धको ढलेर मृत्यु भएको छ । आज मंगलबार तुर्माखाँद गाउँपालिका वडा नं ३ लकान्द्राका ७३ बर्षिय मनहरे कामिको राष्ट्रिय परिचयपत्र बनाउन आउने क्रममा ढलेर मृत्यु भएको हो। आज विहान घरबाट राष्ट्रिय परिचयपत्र बनाउनको लागि कमलबजार नगरपालिकामा रहेको दर्ता स्टेशन आउदै गर्दा कमलबजार नगरपालिका २ कमल पोखरा स्थित रहेको नगरपालिकाको ग्राउन्डमा हिड्दाहिड्दै एक्कासी ढलेका थिए ।
स्थानीयहरूले तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार लगेको र मध्याह्न १२ः३५ बजे डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। आफन्त आउन ठिलाई भएका कारण अहिले शव लाई अस्पतालमै राखिएको छ । कमलबजार प्राथमिक स्वास्थ केन्द्रले पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा रिफर गरेकाले मुचुल्का उठाएर पठाउने तयारी भैरहेको कमलबजार ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले बताउनु भयो ।
सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि अछाम जस्ता दुर्गम क्षेत्रका जेष्ठ नागरिक अगाङ्गता भएकाहरुले सास्ती खेप्नुपरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय