राष्ट्रिय प्रगतिशील परियार एकता समाज नेपाल को वार्षिक उत्सव तथा साधारण भेला कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रगतिशील परियार एकता समाज नेपालका अध्यक्ष भानु कार्की परियारको अध्यक्षतामा साधारणभेला तथा बार्षिक उत्सव सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री टेकबहादुर रैका रहनु भएको थियोे । विशिष्ट अतिथि धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य चक्र परियार, लम्किचुवा नगरपालिका कार्यपालिका सदस्य कोकिला देवल रहनु भएको थियोे । यस्तै समाजसेवी बुद्धिजीवी खडक नागरिक अतिथिमा मिलन परियार ललित परियार सुरेन्द्र देवकर, सममजका सल्लाहकार तिलक परियार, परियार एकता सशक्तिकरणका अध्यक्ष रामबहादुर नेपाली शिक्षक बुद्धिजीवी गणेश परियार कञ्चनपुरबाट अतिथि गणेश नेपाली लगायत सामाजिक व्यक्तित्वको उपस्थितिमा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको हो । कार्यक्रममा कलाकारसहितको प्रस्तुति रहेको थियोे । भेलाले भानु कार्की परियारको अध्यक्षतामा २१ जनाको कमिटी मनोनीत गरिएको छ । हस्त नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालनमा ललित भुसालले गर्नु भएको थियो ।




