हिक्मत बहादुर नेपाली
अछाम माघ ११ ।
ईलाका प्रहरी कार्यालय कमलबजार अछाम लाई सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न संस्थाले ट्राफिक सचेतनामुलक बोर्ड हस्तान्तरण गरेका छन । कार्यालयको प्राङगणमा आज एक कार्यक्रमका विच ट्राफिक सचेतनामुलक बोर्ड हस्तान्तरण गरिएको हो । कमलबजारमा कार्यक्षेत्र बनाएर काम गरिरहेका किसान बहुउदेश्यिय सहकारी संस्था लिमिटेड र डिप्रोक्स लघुबित्त वित्तिय संस्थाले दुई दुई थान ट्राफिक सचेतनामुलक बोर्ड हस्तान्तरण गरेका हुन ।
हस्तान्तरण कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सरोेज कुमार कैलाले सवारी दुुर्घटना न्यूनिकरण्का लागी सघाउ पु¥याउने उदेश्यले ट्राफिक सचेतनामुलक बोर्ड हस्तान्तरण गरेकोमा दुईवटै वित्तिय संंस्थालाई धन्यवाद व्यक्त गनु भयो ।
कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिदै किसान बहुउदेश्यिय सहकारी संस्था लिमिटेड कमलबजार शाखा प्रमुख तप्त बहादुर खत्रीले ईलाका प्रहरी कार्यालयको अनुरोधमा सामाजिक उत्तरदायित्व अन्र्तगत सचेतनामुलक बोर्ड हस्तान्तरण गरिएको छ । उक्त कार्यले सवारी दुर्घटना न्यूनिकरण गर्नमा सघाउने विश्वास व्यक्त गर्नु भयो ।
यातायात व्यवसायी तथा कमलजबजार नगरपालिका वडा नं १० का वडा सदस्य हस्त बहादुर बिष्टले यो कार्य स्थानीय सरकारले गर्नुपर्ने भएता पनी यसमा सरकारको ध्यान नगुगेको तर्फ सचेत गर्दै किसान बहुउदेश्यिय सहकारी संस्था लिमिटेड र डिप्रोक्स लघुबित्त वित्तिय संस्थाले हस्तान्तरण गरेका बोर्डको उचित प्रयोग हुनुपर्ने धारणा व्यक्त गर्नु भयो । हस्तान्तरण कार्यक्रमको सञ्चालन ट्राफिक प्रहरीका प्रहरी हवल्दार अम्बादत्त अवस्थीले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न सरोकारवालाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय