हिक्मत नेपाली , चैत्र १८,कमलबजार । प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत सेवा प्रदायक निकाय र सेवा ग्राहि बिचको सम्बन्ध लाई समधुर बनाउनु पर्नेमा जोड दिईएको छ । अाज जिल्ला प्रहरी कार्यालय अछामको अायोजनामा कमलबजार नगरपालिकामा सम्पन्न भएको प्रहरी समुदाय साझेदारी सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन । कमलबजार नगरपालिकाका जनप्रतिनिधि ,कर्मचारी तथा नागरिकको सहभागिता रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले दिने सेवा सुविधाका बिषयमा प्रहरी नायब उपरीक्षक तुलसी राम अर्यालले जानकारी गराउनु भयो । यस्तै जिल्ला प्रसासन कार्यालयले प्रवाह गर्ने सेवा सुविधाका बिषयमा प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी गराउनु भयो । कार्यक्रमको प्रमुख अतिथिको अासन बाट बोल्दै जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुँवरले समाजमा अपराध न्युनिकरण गर्नका लागि प्रहरी समुदाय साझेदारी प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने बताउनु भयो । कमलबजार नगरपालिकाका नगरप्रमुख अोम प्रकाश बिष्टको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन नि. प्रमुख प्रसासकिय अधिकृत पुर्ण प्रसाद बजगाईले गर्नु भयो। कार्यक्रममा कमलबजार नगरपालिका वडा नं ३ का अध्यक्ष जगत बहादुर बिष्टले स्वागत मन्तव्य राख्नु भएको थियोे ।
ADVERTISEMENT