मान्छे भनेको मान्छे नै हो कुन जातको कुरा गर्छौ ए पशुवत आत्मा बोकेकाहरु हो ? खबरदार हजारौं बर्ष देखी थिचोमिचो अनि विभेद सहन गरि निर्जीव मानसिकतामा बाचेका दुखी आत्मा हरु हो होसियार । मान्छे एउटै जाति हो त्यो भित्र को महिला र पुरुष प्राकृतिक लिङ्ग हो जसलाई परिबर्तन गर्न सकिदैन । यो जात त्योजात ठुलो जात सानो जात भनेर समाजले निर्माण गरेको समाजिक लिंग हो । जो परिबर्तनिय छ । तात्कालिन समाजले तिम्रो र मेरो नामको पछाडि झुन्डियाइ दिएको को विभेद रुपी जातको सिक्रीलाई चुडाल्न र समुहगत जातिय पहिचानलाई नामेट पार्न का लागि थर हटाउन आवश्यक छ। जस्तो : राम बहादुर क्षेत्री ठाउँमा राम बहादुर पुरुष राख्ने सीता देवि उपाध्यायको ठाउमा सीता देवि महिला राख्ने । सुर्जन नेपालीको सट्टामा सुर्जन पुरुष लेखाउने । मिल्दोजुल्दो धेरै नाम भएमा क, ख, ग घ अथवा abcd jasto सन्केत वा कोड राख्न सकिन्छ । यस्तो व्यवस्था भएमा न रहे बाँस न बजे बासुरी जस्तै हुन्छ । नामको पछाडी को तिम्रो र मेरो पहिचान केहि पुस्तामा हराउदै जान्छ अनि मानवता र समानताले स्थान पाउछ । देश ब्यापी रुपमा यो अभियान चलाउन जरुरी देखे है मैले त । नत्र भने बाहुनको रजाइँ क्षेत्रीको कजाइ बैश्यको भजाइलाई कालान्तर सम्म व्यवहोरेर बस्नु को विकल्प छैन । हिन्दु आस्था धर्म तथा सस्कृतिको पालनाले जातको प्रश्न सोधी रहनेछ विभेद सदैब कायम रहनेछ ।
ADVERTISEMENT