
कमलबजार नगरपालिकालाई मेरो प्रश्न
१. लाखौंको पजेरो, लाखौंको मर्मत खर्च, लाखौं बजेट गाडिको इन्धनमा खर्च गर्न सकिने तर नागरिकलाई रोजगारी दिन किन नसकिने ? २. जनप्रतिनिधि र कर्मचारीलाई भ्रमण गर्न मिल्ने, थप भत्ता पनि दिन मिल्ने तर बिदेशिएका यूवाहरुलाई स्वक्षेत्र मै रोजगारी दिन किन नमिल्ने ? ३. डोजर मालिक र ठेकेदारबाट कति कमिशन पाउनुहुन्छ ? सर्वसाधारण नागरिकले कहिलेसम्म रमिता हेरेर बसिरहने ? डोजरको सट्टा जनशक्ति मार्फत काम गर्दा, स्थानीय नागरिकले न्यूनतम रोजगारी पाउँदा नगरसरकारको के सकिन्छ ? ४. तपाईंको वरिपरि घुमिरहने नातेदार वाहेक अरु नागरिक पनि यस नगरको दायित्व भित्र पर्छन् कि पर्दैनन् कि त भोटको लागि मात्र प्रयोग हुने हुन्? ५. डोजर गुडाउने र भवन ठड्याउनु वाहेक विकासको क्षेत्र छ कि छैन ? समाजमा रहेको जातीय विभेद लगायतका कुरितिहरु निर्मुल पार्न पहल गर्नु पर्छ कि पर्दैन? दोसल्ला, फूलमाला र अविर अनि तालिम भत्तामा खर्च गरेर कत्तिको परिवर्तन गर्नुभयो ? ……. ६. विकासवादीको विल्ला भिराएर, अवसरवादीहरु आफ्नो दुनो सोझ्याउन ठिक्क छन् । यहि झुठो प्रशंसामा लठ्ठ परेर कतिन्जेल रुमल्लिनुहुन्छ ? ७. यो पन्चायत होइन, निरंकुश राजतन्त्र पनि होइन हामी संघीय लोकतान्त्रिक गणतन्त्रका जनप्रतिनिधि खोजिरहेका छौँ। सत्य सुन्नै नचाहने, नागरिकको आवाज बोल्नेहरुलाई निषेध गर्ने, कस्तो लोकतन्त्रको अभ्यास गरिँदैछ ? ८. कोरोना कहरले देश, विदेशमा नागरिकहरू चिच्याइरहँदा, त्यो क्रन्दन सुन्ने सामर्थ्य कत्तिको राख्नु भयो? नागरिकले आर्थिक सुरक्षा मागिरहेको बेला कोरोना कहरको अन्तिम अवस्थामा ( कर्मचारीवाहेकलाई……) पिसिआर ल्याउनु विशेष गरि यस नगरभित्रको नागरिकलाई हर्ष न बिस्मात भएन र ? ९. पाँचुलि क्षेत्र भित्र डोजर गुडाएर त्यहाँको बनजन्य स्रोत सकिदैछ। यसको प्रत्येक्ष असर वीरपथ, कुइका, बजुडा र डुंगाला क्षेत्रको विशेषगरि पानीको मुहानमा असर पर्ने देखिन्छ। यसको जिम्मेवार को बन्ने? कस्तो खालको पर्यटकिय क्षेत्र बनाउन खोजिदैछ?