हिक्मत नेपाली
कमलबजार, चैत्र २९
अछामको कमलबजार नगरपालिका वडा नं २ बजुडामा अाज(अाईतबार) नगर स्तरीय दलित सञ्जालको वडा कमिटी गठन गरिएको छ । वडा नं २ का वडा सदस्य नर बहादुर ढोलीको अध्यक्षतामा बसेको भेलाले ११ सदस्यीय वडा कमिटी गठन गरेको नगर स्तरीय दलित सञ्जालका सचिव मिलन नेपालीले जानकारी दिए । नगर स्तरीय दलित सञ्जालको वडा नं २ कमिटीको अध्यक्षमा धोज बहादुर ढोली, उपाध्यक्षमा चन्द्रा टमट्टा ,सचिवमा कर्ण टमट्टा र कोषाध्यक्षमा मैसरा टमट्टा र सहसचिवमा पहिला ढोली चयन भएका छन । सो भेलामा कमलबजार नगरपालिका नगर स्तरीय दलित सञ्जालका अध्यक्ष लोकेन्द्र नेपाली , उपाध्यक्ष रण बहादुर टमट्टा ,सचिव मिलन नेपाली ,सहसचिव हरिओम नेपाली र सदस्य प्रकाश बिकको उपस्थिति रहेको थियोे । । बर्षौ देखि पछाडि पारिएको दलित समुदायको हक अधिकार सुनिश्चित गर्न र शसक्तिकरण गर्नका लागि पहल गर्ने उद्वेश्यले गठन भएको नगर स्तरीय दलित सञ्जालको चैत्र २१ गते बसेको बैठकले कमलबजार नगरपालिकाका १० वडामा संगठन बिस्तार गर्ने निर्णय बमोजिम १० वटै वडामा बिस्तार गरिनुका साथै यो संस्थालाई दलितको साझा संस्था बनाउने संजालका अध्यक्ष लोकेन्द्र नेपालीको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय