
कमलबजारको एयरपोर्ट: सरकारी उदासिनता र हाम्रा कमजोरीहरु ??
१. कमलबजारको एयरपोर्ट किन आज सम्म यो अवस्था मा बेवारिसे झै भयो होला? २ परीक्षण उडानसम्म भै सकेको एयरपोर्टबारे सरकार किन यति उदासिन होला? एयरपोर्ट किन र हवाइ उडान के का लागि? यस्तै प्रश्न्नहरुले मेरो मात्र नभै सबै यस क्षेत्रका युवाहरुको मानसपटल मा हरेक पल घोचेको महसुस गरेको छु । मेरो सम्झनामा सायद म ५ कक्षामा पढ्दा पहिलो पटक यो एयरपोर्ट निर्माण भै रहेको देखेको थिय तर अहिले लगभग ३ दशक पछि मेरो सन्तान ले पनि तात्विक फरक परेको न देख्नु केन्द्रराज्य हामी अछामी प्रती कति उदासिन छ भन्ने कुराको ज्वलन्त उदाहरण हो। हुनत राज्य समग्र सुदुरपस्चिम प्रती आदिकाल देखि नै उदासिन रहयो र उपेक्षित हुनु मा केही त हाम्रै कमजोरी होलान; तर राज्यले सुदुरपश्चिम लाइ द्वेष, ईष्र्या र उपेक्षाको भाव ले हेरिरहयो। सरकारको सुदुरर्पस्चिम प्रतिको हेराइ नै पक्षपातिपुर्ण छ ।सुदुरर्पस्चिम सङ्ग भावनाले सरकार कहिलै जोडियन। मात्र कर्णाली को पुल ले भौगोलिक रुपमा बाकी नेपाल सङग जोडिय पनि सुदुरपस्चिम जहिल्यै शासकबर्ग को नजर बाट “सुदुर” नै रहयो। सुदुर को सुन्दरता शासक बर्गले कहिलै बुझ्ने प्रयास गरेनन। सुदुरपस्चिम लाई ” सुन्दरपस्चिम” बनाउन सरकारले कहिलै सोचेन। सम्पन्नताका हजारौ चीजहरु हुदा नि सुदुर ले कहिलै राम्रो भिजन पायन। यहि माटोबाट गयका नेतृत्वदाई भुमिकामा रहेकाहरु ले नि इनारजस्तो काठ्मान्डौ भित्र छिरेपछी यो क्षेत्रको धर्तिको माटो लाई बिर्सिय सायद। केन्द्र सरकार ले सुदुरपस्चिम का ” मान्ठ” हरुलाइ रैती बनायो, नागरीक ठानेर कहिलै अवसर दियन। अहिले सम्म पनि सु प का जनताका लागि आधुनिक मेडिकल क्लेज बनेन। गेटा मेडिकल क्लेज बन्न नपाउदै आफै भेण्टिलेटर मा पुगेको अवस्था मा छ। सेती लोकमार्ग, जो यो क्षेत्रको आर्थिक मेरुदन्ड बन्न सक्थ्यो, त्यो कछुवा को गति मा छ, सायद ३ /४ दसक लाग्न सक्छ या त बिचै मा तुहिन्छ। राजामहाराजाहरुका पालामा डोटि, बझाङ र अछाम जस्ता राज्यहरु सङग लड्न परेको ले शाह बंशले जहिल्यै संकाको घेरामा राख्यो केही काल सम्म। भिमदत्त पन्त जस्तालाइ देशद्रोही घोशणा गरि बिदेसी सेना लगायर हत्यागरी बाँस म टाउको झुन्ड्याउने शासकहरु कहिलै सुदुरपस्चिम को पक्षमा थियनन। लखन थापा भन्दा नि पहिले राज्यले १९०६ मा अछामी राजपरिवार का बलदेब शाही ( बाकाबीर) लाई राज्यले हत्या गरे देखि नै अछामी जनताप्रती साह बंशको उपेक्षा रहयो। साथै १० बर्से जनयुद्द्ले क्षेतबिक्षेत अछाम र अछामी जनताको पीडामा सरकार ले कहिलै मलम लगाउन तयार भयन। कति उदासिन छ सरकार भन्ने त धोस्त भयको २० बर्ष बितिसक्दा पनि अझै छानो नपायको अछाम दरवार ले खिल्ली उडाइरहेको छ। सुन्दर अपि- सैपाल, बिस्वकै उत्कृष्ट र विशाल गल्फ मैदान बन्न सक्ने खपतड र रामारोशन का पाटनहरु, कैलाली महोन्याल मा रहेको एसियाकै विशाल तामाखनी ( बिदेशी अन्वेशक ले आफ्नो खोज मा 1999 मा प्रकाशित गरेको), यो क्षेत्रमा रहेको युवा जन, जल, जङल, जमिन र जडिबुटी यसरी छाया मा पर्नु मा हामी आफै पनि कति दोशी छौ, बिचारणिय छ।
अब फेरि कमलबजार तिर!!
कमलबजार एयरपोर्ट यो क्षेत्रको बिकास, सुख र सम्भवनाको मेरुदण्ड हो। र यो क्षेत्रको सपना पनि हो। आर्थिक प्राणदान दिने योजना हो। तर एयरपोर्ट मात्र भयर बिकास भै हाल्ने मान्छे ओइरीहाल्ने, अर्थतन्त्रको मुल फुट्ने भने हैन। एक पटक हामि यो क्षेत्रका बासिन्दा सोचौ त; हामिले आर्थिक कृयाकलाप हुने काम के के सुरुगरेका छौ? ल एयरपोर्ट बन्यो, प्लेन नि उड्ला, तर खै हामिले प्रयटक आउनका लागि बनायका पुर्बधार? खै त हाम्रा योजनाहरु? के हामिले तितौडा क्षेत्रलाइ पर्यटकिय गन्तब्यका रुप मा स्थापित गर्न अहिले सम्म कुनै कार्ययोजना मा छलफल मात्र गरेका छौ? के प्रचारका लागि यस क्षेत्रका हरेक गन्तव्य लाइ समेटेर एक सामन्य बूकलेट मात्र बनाउन सक्यौ? प्रचार प्रसार, होटेल, सन्चार आदि त टाढाको कुरा भयो, जुन प्रयटनका लागि अपरिहार्य छ। के पाचुली क्षेत्र लाई ओझेलबाट अगाडि ल्याउन कुनै एक काम गरेका छौ? के छ हामी सङग योजना? के बिरपथ मा रहेको गुरास को जङगल लाई प्रचार गर्न सक्यौ? सुर्खेतको गुरासे भन्दा कम कुन कुरा मा छ र त्यो? हाम्रा उत्पादन के छन? जहाज त आउला तर हाम्रा उत्पाद्नहरु बजारीकरण गर्न हाम्रा स्थानिय योजना कहाँ छन? कृषि , जडिबुटि आदि उत्पादन मा आधुनिकिकरण गर्न युवा जनसक्ति भारत ( बम्बै) पलायन हुन बाट रोक्न स्थानिय स्तर मा हाम्रा योजना बनेनन कि? एयरपोर्ट सन्चालन हुनै पर्छ, यो कमलबजार को मात्र नभै यो पुरै “तल्लो भैसोले क्षेत्र” ( हुन त यो शब्द त्यो बेला का शामन्ती बर्गले यो क्षेत्रका ” मान्ठ” लाई होच्च्याउन प्रयोग गरेको हो) को नै शुख, समृद्दी र भबिस्य सङग जोडियको सपना हो। विशाल सम्भबना छ प्रयटनको यस क्षेत्र मा। प्रकृति ले हर रुप मा सिगारिदियको यो क्षेत्र मा हामिले थोरै मात्र गर्न सक्यौ भने आन्तरिक प्रयटन थेगिनसक्नु हुने छ ।म अति आशाबादी छु । युवा साथि हो। अब त केही गरौ।।।।