जेठ १० अछाम

पुर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष डा. भिम रावलले जिल्ला अस्पताल अछाम र बयलपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको छ । कोरोनाभाईरसको संक्रमण तथा जोखिममा अस्पताल आवश्यक अक्सिजन तथा स्वास्थ्य सामाग्री रावलले उपलब्ध गराउनु भएको हो ।

उपलब्ध सामाग्री जिल्लामा दुवै अस्पताललाई आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । जिल्ला अस्पताललाई ५ थान उत्कृष्ट खालको १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटर, २ हजार थान सर्जिकल मास्क, २० लिटर सेनिटाइजर हस्तान्तरण गरिएको नेकपा एमाले अछामका कार्यालय सचिव नमराज न्याैपानेले बताउनु भयो । हस्तान्तरण कार्यक्रममा कार्यालय सचिव न्याैपाने सहित अस्पताल ब्याबस्थापन समिति अध्यक्ष प्रभुनाथ खनाल, अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सोनालि बास्कोट, नर्सिङ ईन्चार्ज तथा सुचना अधिकारी गंगा बुढामगरको सहभागिता रहेको थियो । त्यसैगरी वयलपाटा अस्पताललाई पनि १० लिटर क्षमताको ५ थान अक्सिजन कन्सन्ट्रेटर, २ हजार थान सर्जिकल मास्क, २० लिटर सेनिटाइजर हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामाग्रीले दुइटै अस्पतालमा उपचाररतकोभिड संक्रमितहरुलाई अक्सिजन आपूर्तिमा ठूलो राहत पुग्ने र स्वास्थ्यकर्मीहरुलाइ समेत सहज हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय