कमलबजार, जेष्ठ २०

अछाम प्रहरीले अछामको कमलबजारमा चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको कमलबजार नगरपालिका–८ ढाँकुका ५० वर्षीय विष्णुबहादुर विष्टलाई एकथान चितुवाको छालासहित प्रहरीले पक्राउ गरेको अछामका प्रहरी प्रमुख तुलसीराम अर्यालले जानकारी दिनुभयो ।

बिषेश सुचनाका आधारमा इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उक्त चितुवाको छालासहित फेला पारी उनलाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।प्रहरीलाई सुचना प्राप्त हुने बित्तिकै हिजो राति खटिएको टोलीले निज बिस्टको घरको गोठमुनी परालमा लुकाएको अवस्थामा चितुवाको छाला भेटिएको उहाँको भनाई छ । निज बिस्टलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरीएको पनि अर्यालले जानकारी दिनुभयो ।यस्तै पक्राउ परेका निज बिस्टलाई कारबाहिको लागी आवश्यक तयारी गरीरहेको डिभिजनल वन कार्यालय अछामका सुचना अधिकारी बिमल चन्दले जानकारी दिए ।

कारवाहिका लागी वन कार्यालयले आवश्यक कागजपत्रहरु तयार पारीरहेको जानकारी दिनुहुँदै चन्दले आधिकारीक कारवाहिको प्रक्रिया भोलीबाट सुरु गरीने पनि चन्दले जानकारी दिनुभयो ।

वन ऐन अनुसार कारवाहिको प्रक्रिया सुरु हुने भन्दै उहाँले कानुनले बञ्चित गरेको काम गर्नेलाई हदै सम्मको कारवाहिको प्रक्रिया वन कार्यालयले अगाडी बढाउने पनि उनको भनाई छ । कस्तो किसिमको कारवाहि हुने भन्नेकुरा घटनाको प्रकृति हेरी आवश्यक प्रमाणको आधारमा भोलीमात्रै निक्र्यौल हुने बताए् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय