
सुर्जन नेपाली ,अछाम ।
उहिले देखि ज्ञानगुन, तन्त्रमन्त्र,बेद, धार्मिक ग्रन्थ, उपनिषद्, रामायण ज्योतिष शास्त्र र कर्मकाण्डका सबै भौतिक तथा आध्यात्मिक अध्ययन अध्यापन गर्ने गराउने जिम्मा बाहुनहरुले आफुमा निहित राखे । चिना हेर्ने काम देखि सामाजिक जीवनको सिमारेखा तयार पार्ने काम बाहुनले नै गरे । सोही मौका छोपी बाहुनहरुले आफनो अनुकुल हुनेगरी परिवार तथा समाज सन्चालनका मापदण्ड तयार पारे । समाज लाई दिग्भ्रमित पारि आफू सधै उपल्लो दर्जामा रहने उदेश्यका साथ घरपरिवार समाज र ब्याक्ती बिच गर्नहुने र गर्न नहुने कार्यको प्रचार बाजि गर्दै गए । समाजमा आफुलाइ सर्बज्ञानि र सबैले सम्मान गर्ने बर्गको रुपमा स्थापित गरे । जसको परिणाम स्वरुप हाल सम्म पनि सम्पुर्ण बोधी ज्ञान् उनिहरु मै सिमित छ । देशको अधिकास रोजगारी राजनीति अर्थ ब्यबस्था कुटनैतिक सम्बन्ध कार्यपालिका न्यायपालिका र ब्यस्थापिका जल जङल जमिन शहर बजार बस्ति टोल अनि मठ मन्दिर बाहुनकै कब्जामा छ । जाति बर्ग लिङ्ग र धर्म अनुसार छुट्टाछुट्टै क्रिया कर्म गर्ने गराउने सामाजिक नीति नियम तयार पारी सामाजिकिकरण गराउन मा बाहुन कि हात बढी छ । मान्छे एक सामाजिक प्राणी भएकाले उसलाई आफ्नो दिन्चर्या गुजार्नका लागि भौतिक आर्थिक शैक्षिक राजनितिक लगाएतका अन्य जनजिबिका सङग सहभागिता कायम राख्न अपरिहार्यता हुन्छ । मान्छे जन्मदैमा कोहि ठुलो कोहि सानो हुदैन । बिडम्बनाका साथ भन्नू पर्छ कोहि जन्मदै बाहुन अनि ज्ञानि रे ,कोहि जन्मदै बहादुर बलियो अनि क्षेत्री रे जसलाइ चिनाउन डोरी यानिकी जनै धारण गर्नु पर्ने तागाधारी रे,कोहि जन्मदै आदिवासी जनजाती थेप्छे बोचे फरक भाषा भेष अनि जाड रक्सि खाने मतवाली रे , कोहि जन्मदै अछुत पानी नचल्ने छोइछिटो हाल्नु पर्ने
दलित रे । हाल सम्म पनि बच्चा जन्मेको केहि दिन पछि उसको ग्रह दसा राशी नाम अनि कर्म भाग्य कस्तोछ भनी जानकारी लिन र चिना बनाउन जो कोहि बाहुन कहाँ जान्छन । बाहुन ले जात अनुसारको नाम राखी दिने गर्छन । बाहुन क्षेत्री लाई चिनामा राखिएको राशि अनुसारको नाम राखी दिन्छन । जस्तो : वाहुन को नाम: लक्ष्मी प्रसाद, महादेव, कृष्ण प्रसाद राखी दिन्छन् । क्षेत्रीको नाम: राम बहादुर,दान बहादुर मान बहादुर र श्याम बहादुर राख्न सुझाव दिन्छ्न । आदिवासी जनजाती का नाम :श्याम लाल राम लाल हरिलाल राम मान श्याम मान हरिमान राख्न भन्छन । दलित का नाम: रामे श्यामे माने पठाने काले गोरे धर्मे आदि राख्न भन्छन । गाउँ घरमा बाहुन क्षेत्री संग नाम मिलेको एउटै नाम राम भए पनि बाहुन राम प्रसाद हुन्छ क्षेत्री राम बहादुर हुन्छ जनजाती राम लाल र दलित रामेको नाम ले परिचित हुने गर्दछन । समाजमा बिधमान फरक फरक सस्कार सस्कृती भेष भुसा रहन सहन चाल चलन जस्ता बिबिधता युक्त सरचनाका कारण कोहि माथी कोहि तल कोहि शुद्ध कोहि असुद्द कोहि राम नाम कोहि गुमनाम कोहि सम्मानित कोहि अपमानित कोहि अवसरै अवसरको भागिदार कोहि बन्चितिकरणको अन्सियार बनिरहेका छ्न । बोलीचालिको अनादरवाची सवाललाई गम्भीर रुपमा लिन जरुरी छ । इट्का जवाफ पत्थर से भने जस्तै त भन्ने लाई य भन्ने हो तिमी भन्नेलाइ तिमी भन्ने हो । एकले अर्को लाई एकतर्फी आदर सत्कार गरिरहनु कसैको बाउको पेवा होइन । दलित जति आदर सत्कार गर्ने कोहिछ ? जस्ले सदियौ देखि मालिक सरकार प्रभु गोसाइ हजुर भनेर सम्बोधन गरिरहेको छ । जस्ले देख्ने बित्तिकै सम्बोधन गरेर झुकेर तिम्रो सम्मान गर्छ । अझै त्यही बर्ग र मान्छे लाई तिमी हेला गर्छौ त त र म म गर्छ्यौ । अपशब्द बोल्छौ र बिभेद्को आखाले हेर्छौ ए कुलगार शोषक सामन्ती का साकासन्तान हरु हो तिम्रो पुरातनवादी सस्कार र सस्कृतिको ज्वलन्त उदाहरण पुष्ठि गर्न तपशिलमा उल्लेख गरिएका श्रीमानको कुकुर कामी र श्रीमती कुकुर्नी कामीको नाममा नागरिकता दिएको यथार्थ तामेली गरेको छु । दलितको राम्रो नाम देख्न नसक्ने गधाहरु र नागरिकता दिने अधिकारी बाहुनबादी पशुले त हेर्नू पर्ने थियो । यस्ता खाले नाम राख्न कतै हामी आफै दोषी त छैनौ ? खबरदार नाम राख्दा बोलाउदा होसियार नाम बिगार्ने नामर्द अझै जिबितै छन । यस्ता सयकडौ उदाहरण मेरो र मेरो समाज वरिपरि प्रसस्तै भेटिन्छ्न जस्तो मेरै गाउमा एक जना कुल नाम गरेको ब्यक्ती छ उ दलित हो उस्लाइ कुल बाट उहिल्यै कुल्या भन्न लगाइयो र सोही नामले परिचित छ। अर्को कुल नाम गरेको ब्यक्ति छ उ बाहुन हो उ कुलानन्द प्रसाद वा कुल प्रसाद नामले परिचीत छ । अर्को कुल नाम गरेको ब्यक्ति क्षेत्री हो उस्को नाम कुल बहादुर बाट परिचित छ । त्यसैले सयोगवस एक अर्काको नाम मिलि हालेछ भने पनि मेरो समाज र सस्कारले त्यसलाई बाङो टिङो पारी सोको समेत बलात्कार गरिरहेकोछ ।