
सिद्धार्थ नेपाली ढकारी,अछाम देेश का विभिन्न संघ सँस्था र दलित समुदाय को दाबि गरे अनुसार हाम्रो देश नेपालमा झण्डै ७० लाख को हाराहारि मा रहेको दलित समुदाय हरू धर्म का हिसाब ले हिन्दु धर्म मानिरहेका छन हुन त आज भोलि हिन्दु धर्म लगायत बौद्ध धर्म पनि मान्ने क्रम तिबरूप ले बढेको छ । हिन्दु बाट धर्म परिवर्तन गरि अाखिर किन अरू धर्म मानिरहेका छन वा किन देश का लाखौलाख दलित समुदायहरू अरू धर्म प्रति अाकर्षण भईरहेका छन त भन्दा धर्मका नाममा समाज भित्रको कुसंस्कार कुरिती बिकृति र अन्धविश्वासका रूप मा जडो गाढेर बसेको प्रर्था र दलित समुदाय लाई गरिने विभेद तथा जातीय छुवाछूत मुख्य कारण हो । यदि अपमानित अपहेलना विभेदकारि अछुत मान्छे भनी जुन धर्म ले अछुत को व्यावहार र अपमानित गर्छ भने हिन्दु धर्म मान्नुको कुनै अर्थ छैन । हिजो दलितहरू लाई हिन्दु धर्म को नाम मा श्रम शोषण गरि अछुत दलित बनाईदियो र शिक्षा बाट बन्चित गरि अाज २१ अौ शताब्दीमा अाएर नि ७० लाखका हाराहारी मा रहेको समुदाय लाई अाज पनि विभेद गर्छ भने यो सबै भन्दा ठुलो विडम्बना हो ।
विश्वव्यापी महामारिका रुपमा फैलिएको कोरोना भाइरस सन्सार भरी तहल्का मच्चाइ रहदा पनि हाम्रो समाजमा कुनै प्रकार को परिवर्तन अझै आयको छैन ।पुर्व मेचीदेखि पश्चिम् महाकाली सम्म अहिले कोरोना को संक्रमणको संख्या भन्दा पनि धेरै जातीय छुवाछूत का घटनाहरु दिन दिनै बढी रहेको अवस्था छ। नेपाल सरकार र त्यसका शासक वर्गले नेपाल को संविधान अनुसार केही पनि पहल नगर्नु र गम्भीरतापूर्वक नलिनु यो दलित समुदाय को अपमान गर्नु हो । तसर्थ यस्ता पिडा कष्ट र असमर्थता को अवस्था मा सम्पुर्ण दलित समुदायका अग्रज नेता, अगुवा र शिक्षक वर्ग लगायत संचारकर्मी साथीहरुले एकजुट भयर आवाज विहीनहरुको आवाजलाई अगाडि ल्यायर लड्न आजको आवश्यकता देखिन्छ । सामाजिक दुरि र बहिष्करण पर्नुको पिडा कति हुदोरहेछ भन्ने कुरा अहिलेको एउटा भाइरसले प्रष्ट देखाएको छ र सबैलाई अछुत बनाईदियो तर बर्षोदेखि बहिष्करण सामाजिक रुपमा अलग रहेको विभेदमा परेको समुदायको पिडा कति सम्म थियो होला जसलाई अछुत बनायर राखीएको छ ।।
जिउँदै हुँदा छुन डराइरहेकाछन ।
मर्दा मलामी जान डराइरहेकाछन
प्रकृतिले विश्वमा कस्तो रोग फैल्याइदियो ।
कोरोनाले सबै मानवलाई दलित बनाइदियो ।।सिद्धार्थ नेपाली
प्रगतिशील नेपाली समाज भारत