हिक्मत नेपाली
कमलबजार,असार २५

उमेरले उन्साठी नाघेका कल्लाने दमाई विगत ४५ वर्ष देखी निरन्तर टेलरिङ्ग पेशामा आवद्ध छन । आफ्नो जीवन कालखण्डको झण्डैं ४५ वर्ष लुगा कपडा सिलाउने कर्ममा रमाएका कल्लाने अझै सोही कर्ममा सक्रिय छन । यो व्यबसायमा सफलता प्राप्त गरी यहाँ सम्मको यात्रा तय गर्न त्यती सजिलो पक्कै थिएन उनले भने सुरुवाति दिनहरुमा निकै संर्घष गर्नु प¥यो । पर्खौली पेशा लाई अंगालेका कल्लानेले सानो छदाँ देखिनै बुवाको काम बाट प्रभावित भएर लुगा सिलाउन सिके । उनका वुवा उदे दमाई पनि तत्कालिन समयमा यस क्षेत्रका कोट सिलाउने नामी टेलर थिए । वुवाको पालामा आधुनिक लुगा सिलाउने मेसिन नआई सकेको भएता पनि हात द्धारानै कोट लगायतका लुगा तयार पार्नु हुन्थ्यो उनले विगत सम्झिदै भने । बि.सं २०३१ साल तिर थप सिप आर्जन गर्नका लागी भारतमा पुगेका उनी त्यहाँ आफ्ना दाजु नयारामको सहयोगमा केहि समय बसेर आफ्नो ज्ञान सिप लाई निर्खार्ने मौका लाई भरपुर सदुपयोग गरेका रहेछन । आफु १२ वर्षको छदाँ गाँउमा एक जना आफन्तको घरमा लुगा सिलाउने मेसिन ल्याएर सिलाई रहेको देख्दा आफुलाई पनि मेसिन चलाउन सिकाई दिनुन भन्दा सिकाउन त परको कुरा मेसिनलाई छुन पनि नदिएको घटनाले निकै पिरलेको रहेछ । त्यस पछि मनमा एउटा ईख लिएर १३ वर्षको उमेरमै आफ्ना दाजुसंग भारत गएका थिए । त्यहाँ रहदा त्यहाको नाम चलेको टेलर संग बसेर १ बर्ष सम्म लुगा सिलाउन सिकेका उनले आफु १४ बर्षको उमेरमै आफै कोट कटिङ्ग गरेर सिलाउन सक्ने भईसकेको थिए, उनले भने । आजको जस्तो सिप सिकाउने तालिम केन्द्र उतिबेला थिएनन, दक्ष व्यक्ती संग बसेर गुरु मानेर सिक्दा जे भन्यो त्यहि मान्नु पर्ने हुन्थ्यो । जुन सुकै सिप सिक्दा होस चाहे काम गर्दा अप्ठ्यारो त हुन्छनै तिब्र चाहानाको साथमा लगनशील भएर लाग्यो सफल भईने उनको बुझाई छ ।
आफु सात बर्षको हुदाँ नै आमा गुमाउनु पर्दा बाल्यकाल दुखद रह्यो । तत्कालिन समयमा बिद्यालय गएर औपचारिक शिक्षा हासिल गर्ने मौका पनि मिलेन भारतमा रहदा केहि अक्षर चिन्ने मौका मिल्यो सामान्य साक्षर भईयो । आफु लाई पढ्ने रहर हुदाँ हुदै पनि त्यो अवसरत मिलेन तर अहिले समय बदलिएको छ, आफु टेलरिङ्ग पेशामा संलग्न रहेर छोरा छोरी लाई सके सम्म रामै शिक्षा प्रदान गर्ने प्रयत्न गरेको छु ,उनले भने जेठो छोराले वाणिज्य संकायमा स्नातक सम्म त्यसैगरि प्राविधिक धार तर्फको सिभिल ईन्जिनियरिङ्गका साथै छोरीलाई आई.एस.ई एजी सम्म अध्ययन गराउन सफल भए । अध्ययनको महत्व रामै संग बुझेका कल्लाने औपचारिक शिक्षा हासिल नगरेकाले धेरै क्षेत्र बाट पछाडि परेको महसुस आफुले गरेकाले पनि आफ्ना सन्तान लाई भने शिक्षाको कमी नहोस भन्ने चाहाना छ ।
उनी समाज सेवामा पनि उतिकै सयिक्र रहेछन । विगतमा समाजका हरेक गतिविधिमा संलग्न रहेपनि हाल भने पुर्णतया आफु टेलरिङ्ग पेशामा आवद्ध छन साथै नेपाल सरकारको हुलाक सेवा विभाग अन्र्तगत अतिरिक्त हुलाक सेवा ढाँकुमा डाँक बहाकको रुपमा काम पनि गरिरहेका छन । डाँकवहाकमा २०५७ सालमा नियुक्त भए यता ईलाका हुलाक कार्यालय कमलबजार बाट लिएको डाँकलाई अतिरिक्त हुलाक सेवा कार्यालय ढाँकुमा पु¥याउने र ल्याउने कार्य उनको दिनचर्या भित्रको आंशिक कर्म रहेछ । त्यो भन्दा पहिले राजनितीमा मैदानमा हुमिएर काम गरेको सम्झना पनि सुनाएका उनले तत्कालिन ढाँकु गा.वि.स मा नेकपा एमाले बाट गा.वि.स अध्यक्षको उम्मेदवार रहेछन । विविध कारण बाट राजनिती बाट बाहिरिका उनी पार्टीमा सुकिला मुकिला हरुको हावी हुदाँ हामी जस्तो पार्टिको जग बसाल्ने संगठन बिस्तार गर्ने स्थानिय स्तरमा पार्टी निर्माणमा महत्वपुर्ण भुमिका खेलेका मानिस पछाडि परेको गुनासो गरे । समाजका शोशक सामन्तहरुको गतिबिधि विरुद्ध आवाज उठाउदै अन्याय अत्याचारको बिरुद्ध लढ्न कम्युनिष्ट राजनितीमा हुमिदा धेरै दुख पनि परेको अनुभव बटुलेका उनी अहिले त्यो क्षेत्रलाई चटक्क छोडेर पुर्णतया व्यवसायमा संलग्न छन ।
हाल सम्म उनले सर्यौ जना लाई प्रशिक्षण दिए आफुजस्तै दक्ष टेलर मास्टर बनाउने धोको अझै मेटिएको छैन त्यसैले पनि कानुनी रुपमा दर्ता भएको हिमालय टेलर्स कमलबजार अछाम बाट प्रशिक्षण समेत गराई रहनु भइको छ । साथै दजनौ लाई रोजगार समेत दिईरहनु भएको छ । कतिपय युवा कामको खोजीमा भारतको गल्लीमा भौतारीइकोमा भने उनको मन दुख्ने रहेछ आफ्नै गाँउ ठाँउमा सिपमुलक व्यवसाय गरेर मनग्य आम्दानी गर्न सकिने हुदाँ हुदै पनि अर्कोको देशमा गुलामगिरी गर्नु राम्रो नभएको बताउने उनी युवा हरुलाई आफ्नै देशमा पसिना बगाउन पनि सुझाव दिन्छन ।
हरेक कुरामा हाम्रो देश पर निर्भरतातर्फ धकेलिनु दुभाग्य भएको बताउने कल्लाने सरकारले यही कलकारखाना खोल्नु पर्ने सुझाब दिन्छन । आफ्नो घरमा बाउ बाजेले प्रयोग गरेका चर्का कपडा बुन्ने साँचो देखेका उनी पुर्खाहरुले घरेलु लघु उधम लाई प्रसय दिए पनि अहिलेको पिडिले यो चटक्कै भुली परनिर्भर भएको देख्दा दुख लाग्छ । यस तर्फ सम्बन्धित निकाय तथा सरोकारवाला आम नागरिकले सचेत हुनुपर्ने समय आईसकेको छ ।
हुनत अन्तरहृदयबाट आफ्नै देशमा केहि गरौं भन्ने युवा हरु नभएको पनि होईनन । कल्लाने जस्ता केहि उदारणीय व्यक्ती पनि यहि समाजमा छन । कमलबजार लाई कर्मथलो बनाएका कल्लाने राजापुर बर्दिया तथा टीकापुर कैलालीमा पनि काम गरे तर मातृभुमीको मायालेनै यहि ठाँउलाई छोड्न नसकेको बताउछन । कमलबजार लाई बजार बनाउन पनि उनको भुमिका रहेछ । २०४६ साल देखी कमलबजारका पसल स्थापित गरि व्यवसाय सञ्चालन गरी परिवर्तनको साँझी समेत हुन । उनले यहाँ व्यबसाय सञ्चालन गर्दा ४÷५ वटा घर मात्र थिए जुन वेला यस ठाँउलाई किमडकाट्टे भनिन्थ्यो उनी तथा उनका सहपाठी ओम प्रकाश बिष्ट लगायतहरुले सुरुवात गरेको कमलबजार हाल यस क्षेत्रको प्रमुख व्यापारीक केन्द्रको रुपमा स्थापित छ ।
यहाँका अधिकांश व्यक्तिको मुखमा झुण्डियको नाम हो कल्लाने । व्यक्तिको मुखमा यो नाम त्यसै झुण्डियको पनि होईन । उनी संग रहेको बिशेष शिप क्षमता भएकोले नै हो सबैका प्रिय बनेका कल्लाने । उनले कमायको ख्याती हो सिलाएको कपडा फाट्ला तर उनले सिलाएको सिउन उढ्दिदैन र फिनिसिंग पनि उतिकै राम्रो छ भन्छन उहाँका सेवा ग्राहिहरु । एक पटक उनी संग लुगा कपडा सिलाएको मानिस प्राय अरु संग सिलाउदैनन किनकी बलियो भरपर्दो र विश्वासिलो भएकालेनै उनी कहाँ ग्राहकको भिड लाग्ने रहेछ । उनि संग ग्राहकको गुनासा नभइको पनि होइनन । भनेको समयमा प्राय हुदैन काम अर्थात छिटो सिलाई हुदैन त्यहाँ भन्छन तरपनि राम्रो र स्तरिय खोज्ने मान्छे ढिलो भए पनि उनलाई खोजि खोजी सिलाई माग्न आउछन । अर्डर धेरै आउने हुनाले कहिलेकाँहि समयमै बुझाउन सकिदैन उनी भन्छन राम्रो कामका लागी केही समय पर्खेनु पनि स्वभाविकै हुन आउछ । महङ्गिलो कपडा बिग्रोस भन्नेपनि कोहि चाहदैनन तर भर्खरै तालिम सिमेका अर्धदक्षले बिगारेका लुगा कपडा पनि सुधारी माग्न आउनेको पनि घुईचो हुने गर्दछ उनको पसलमा । ग्राहकले आग्रह गरे बमोजिम बनाई दिनै पर्छ तर पुरानो सुधार्ने भन्दा नया काम गर्नु नै आफुलाई फाईदाजनक हुने उनी बताउछन ।
अहिलेका अधिकांश टेलर तथा कालिगढमा साधनाको कमी देख्छन उनी । ३÷४ महिनामा सिकेर चाडो नाफा लिन खोज्ने गर्छन अहिलेका पिडि तर त्यो स्तरिय हुदैन । आफु सिलाई पेशा अंगालेको आधा सताब्धि हुन लाग्दा पनि सिकारुकै रुपमा आफु लाई ठान्छन उनी भन्छन सिकाई जिवन रहुन्जेल निरन्तर चलिरहने प्रकृया हो । नयाँ नयाँ फेसन र डिजाइन तथा प्रविधि संग अपडेट भईरहनु पर्छ । हुन पनि उनले नसिलाएको कुनै लुगा छैन नेपाली टोपी, दाउरा सुरुवाल, चौबन्धि चोलो, कोट, पाईन्ट सट,जाकेट कुता सुरुवाल लगायत लेडिज एण्ड जेन्सका सम्पुर्ण कपडा सिलाउछन, काट्छन र सिकाउछन पनी । बिहान उठे देखी साँझ अबेर सम्म सिलाई कटाई कर्ममा सक्रिय रहन्छन । अरु एक दुई बिषयका जानकार होलान तर उनी टेलरिङका सबै बिधामा पोक्त छन । र त उनले यो उचाईको नाम कमाएका छन । जिवन यसरीनै चलिरहेको छ अविरल ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय