टि.बि. भण्डारी कमलबजार माघ १ कमलबजार नगरकार्यपालिका आयुर्वेद शाखाको आयोजनामा “गरौ योग डटेर कोरोना जान्छ हटेर ” भन्ने मुल नाराका साथ छैठो राष्ट्रिय योग दिवस कार्यक्रम सम्पन भएको छ ।
कमलजार नगरपालिकाको नवनिर्मित भवनको हलमा वडा न.२ का वडा अध्यक्ष रण बहादुर खडका को अध्यक्ष्तामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी कमलबजार नगरपालिका उपप्रमुख भुमिशरण ढकाल (बजगाई) ले हरेक दिन गरिने योग ले शारिरिक र मानसिक रुपमा स्वास्थ्यमा सुधार ल्याउने र आफु हरेक दिन योग गरिरहेको बताउनु भयो । कमलबजार नगरपालिका आयुर्वेद शाखा कि मेडिकल अधिकृत प्रिति भट्ट ले बिभिन्न २ घण्टा योग आशनहरु सिकाउनु भएको कार्यक्रमा ५० जना सहभागी रहेका थिय । कार्यक्रम सञ्चालन कमलबजार नगरकार्यपालिका आयुर्वेद शाखा कविराज हिमानी बि.सि.ले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय