गजल
मनमा पिर, बारीमा झार कती छ कती छ
हे भगवान! तेरो अवतार कती छ कती छ
साईलीको पनि छोरी भई गल्ली साँघुरो भयो
के सुनाउँ दुःख पिडा सरकार कती छ कती छ
विडम्वना यो भित्ताको कुनै समाचार छैन
भित्ताको टिभीमा समाचार कती छ कती छ
बसेर एकछिन गफ लडाउँ भनीरहेछौ तिमी
घरमा काम छ मलाई हतार कती छ कती छ
जाउँ अब हामी पनि यो किनार छोडेर जाउँ
डुलेर सकिदैन यो किनार कती छ कती छ।
                                        दिर्गराज प्रियसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय