चन्द्र भाट  मंगलसेन माघ २ अछामको कमलबजार नगरपालिकामा सञ्चालन गरीएको आर टि पिसिआर प्रयोगशालाका लागी मंगलसेन नगरपालिकाले ५ लाख सहयोग गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित पिसिआर परीक्षण प्रयोगशालाको स्तर उन्नतिका लागि आर्थिक सहयोग गरिएको मंगलसेन नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको कार्यालयमा नगर प्रमुख पदम बहादुर बोहराले कमलबजार नगरपालिकाका लेखा अधिकृत शरद ढुंगानालाई ५ लाखको चेक हस्तान्त्रण गर्नुभएको हो । सुदूरको पहाडि जिल्ला अछामको कमलबजारमा यस क्षेत्रका जनताहरु लाइ सहजता होस भन्ने उदेश्यका साथ कमलबजार नगरपालिकाले प्रयोगशाला स्थापना गरेको थियो ।

उक्त प्रयोगशाला सञ्चालनमा सजिलो होस भन्ने हेतुले सहयोग गरीएको नगर प्रमुख बोहराले जानकारी दिनुभयो । यस अघि पनि प्रयोगशाला सञ्चालनका लागी ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाले १०/१० लाख आर्थिक सहयोग गरीसकेका छन । अहिले प्रयोगशालामा अछाम सहित बाजुरा,दैलेख जिल्लाका नागरीकहरुले कोरोना परीक्षण गरीरहेका छन ।

चेक हस्तान्त्रण कार्यक्रममा मंगलसेन नगरपालिका वडा नः ४ का अध्यक्ष पदम बहादुर धामी,निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारी लगाएतको सहभागीता रहेको नगरपािलकाका सुचना अधिकारी बिष्णु प्रसाद जैसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय