निर्मल रैका

धनगढी ,भाद्र २१

माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टी ठुलो दल भएको छ । ५३ सदस्यीय प्रदेश सभा सदस्य रहेकोे सुदूरपश्चिम प्रदेश सभामा तत्कालीन एमालेका सभामुखसहित २५ सांसद थिए। यो न्युज तयार पर्दा सम्म नेकपा (एकीकृत समाजवादी) का पक्षमा १४ जना सांसदहरूले सनाखत गरेका छन । यसरि १४ जना सांसदहरूले सनाखत गरे पश्चात सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठुलो द्ल बनेको हो ।

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी) का पक्षमा सनाखत गर्ने सांसदहरु दीर्घ सोडारी, पूर्णा जोशी, माया तामाङ बोहरा,बलबहादुर सोडारी,प्रकाश रावल, अम्मर साउँद, मना साउँद, कुलबिर चौधरी, सुशीला बुढाथोकी,लालबहादुर खड्का, दुर्गा कामी , माया भट्ट ,चुनकुमारी चौधरी, र तारा लामा तामाङ रहेका छन् । कैलालीको धनगढीमा रहेकोे निर्वाचन आयोग कार्यालयमा सुदूरपश्चिम प्रदेशका १४ जना सांसदले स्वयंम उपस्थिति भइ आफुहरु नेकपा (एकीकृत समाजवादी) मा नै रहेको भनी सनाखत गरेका हुन् ।

यसअघि १३ जना प्रदेश सभा सदस्यहरूले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका थिए । आजै मात्र प्रदेश सभा सदस्य माया तामाङ बोहराले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेकी हुन् । बोहराले सनाखत गरेसँगै प्रदेश सभामा एकीकृत समाजवादीका सांसद १४ जना पुगेका छन । १४ सांसद एकीकृत समाजवादीमा गएपछि सुदूर पश्चिममा नेकपा (एकीकृत समाजवादी) ठूलो दल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय