
कमलबजार अछाम असोज २
काँग्रेसको १४ औँ महाधिबेशनमा नगर तथा क्षेत्रिय अधिबेशन तर्फ केन्द्रित भईरहेको बेला क्षेत्रिय सभापतीका आंकाक्षीहरु को उम्मेद्धवारी धोषणा धमाधम भईरहेको छ ।यसै क्रममा आज नेपाली काँग्रेस अछामका जिल्ला कार्यसमिति अछामका सदस्य एंवम तुर्माखाँद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले अछाम क्षेत्र नः २ को क्षेत्रिय सभापति पदका लागी आफ्नो उम्मेद्धारी घोषणा गर्नुभएको छ ।
ठुलासैनमा पत्रकार सम्मेलनको आयोजना गरी शर्माले काँग्रेसको १४ औँ महाधिबेशनमा क्षेत्रिय सभापतिका लागी आफ्नो उम्मेद्धारी रहको घोषणा गर्नुभएको हो । नेपाली काँग्रेस लाई बिधि र बिधान संगै अगाडी बढाउँदै सुढृड र सक्षम काँग्रेस बनाउन आफ्नो उम्मेद्धारी रहेको शर्माले पत्रकार सम्मेलनमा बताउनुभएको छ । राजर्नतिक शास्त्रमा उच्च शिक्षा हासिल गरेका शमाको उम्मेद्धवारी घोषणा ले युवा जगत उत्साह छाएको छ भने नेपाली काग्रेस क्षेत्र न.२ अछामको राजनितीमा तंरङ्ग पैदा गरेको छ ।
१२ औँ महाधिबेशन देखि क्षेत्रिय सभापति पदमा पराजित हुँदै आएका शर्माले १४ औँ महाधिबेसनमा पनि आफ्नो उम्मेद्धारी दिनुभएको हो । सोहि पदमा २ पटक पराजित हुँदापनि शर्माले तेस्रोपटक पनि उम्मेद्धारी घोषणा गरेको बताउनुभयो । बिद्यार्थी जीवनकाल देखि नै ने.बि.स.हुदै महेन्द्र बहुमुखी क्याम्पस नेपालगंञ्जको स्व.बि.यु. सभापती हुदै काँग्रेसको राजनितिमा सक्रिय रहेका शर्माले २०७४ सालको स्थानिय तहको निर्बाचनमा तुर्माखाँद गाउँपालिकाको अध्यक्ष पदमा बिजयी हाँसिल गर्नुभएको थियो ।
पछिल्लो समय नेपाली काँग्रेस बिधि र बिधान बिपरीत जाँदै गरेको प्रति संकेत गर्दै उहाँले पार्टिमा गुटबन्दी हुन नदिने गरी काँग्रेसलाई अघि बढाउने आफ्नो योजना रहेको शर्माले बताए । पार्टिभित्र आफ्नो कुनै ठुलो माग नरहेको भन्दै उनले आफ्नो राजनितिक यात्रा जहाँनिर रोकिएको छ,त्यसैबाट फेरी सुरुवात मात्र गर्न खोजेको बताउनुभयो ।पार्टि भित्र यूवाहरु नेतृत्वमा आउनु पर्ने कार्यक्रताको माग अनुसार नै यस पटक पनि आफ्नो उम्मेद्धारी घोषणा भएको शर्माले बताउनुभयो । आफु सभापति पदमा बिजयि भएको खण्डमा यूवाहरुकै चाहाना बमोजिम पार्टिभित्र काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
१२ औ महाधिवेशनमा ३ मतले क्षेत्रीय सभापतिमा पराजित भएका शर्माले १३ औ महाधिवेशनमा क्षेत्रीय सभापतिमा पुन उम्मेद्धारी दिएर मत बराबरी हुदा गोला प्रथा बाट समेत पराजित हुन पुग्नुभयो । कार्यकर्तालाई क्रियाशिल बनाउन र संगठन निर्माण गरी पार्टीलाई चुस्त दुरुस्त राख्न यसपटक फेरि सभापतीमा उम्मेद्धवारी दिने उनले बताए । सबैले यस पटक आफु लाई साथ दिने अपेक्षा गरेको पनि उनको भनाई छ । क्षेत्रिय अधिबेशनमा सवै प्रतिनिधीहरु लाई सहयोग र समर्थन गरि बिजयी बनाउन अनुरोध गरेको बताएका छन