
कमलबजार असोज ४
नेपाली काग्रेसको आगामी मंसिरमा हुने १४ औँ महाधिबेशनको क्रममा कांग्रेसको क्षेत्रिय अधिबेशन तथा प्रदेश अधिबेशन नजिकिदै गर्दा सबैको ध्यान प्रदेश तथा क्षेत्रिय अधिबेशन तर्फ केन्द्रित भईरहेको बेला प्रदेश तथा क्षेत्रिय कमिटी का आंकाक्षीहरु को उम्मेदवारी धोषणा धमाधम भईरहेको छ यसै क्रममा आज नेपाली कांग्रेस क्षेत्र नं.२(ख) प्रदेश महाधिवेशन प्रतिनिधीका लागी महिला नेता गौरी भण्डारी ले आफनो दावी गर्नु भएको छ । उनको उम्मेद्धवारी घोषणा महिला जगत उत्साह छाएको छ भने नेपाली काग्रेस क्षेत्र न.२(ख) अछामको राजनितीमा तंरङ्ग पैदा गरेको छ ।
पञ्चायित काल देखि काग्रेस पारिवारिक पुष्टभुमि हुर्केकी कमलबजार नगरपालिका वडा न. ८ सेरा निवासी भण्डारी नेपाल महिला संघको राजनिति गर्दै कांग्रेसको सक्रिय राजनितिमा प्रवेश गरेकी भण्डारी ले कांग्रेसको संगठन बलियो बनाउ, संगठन सुदृढ पार्नका लागि अहिले देशभर सक्रिय महिला शक्तिको खाँचो रहेको भन्दै आफुले पनि नेपाली कांग्रेस क्षेत्र नं.२ (ख) प्रदेश महाधिवेशन प्रतिनिधीका पदमा उम्मेद्धवारी घोषणा गरेको बताउनु भयो ।
कार्यकर्तालाई क्रियाशिल बनाउन र संगठन निर्माण गरी पार्टीलाई चुस्त दुरुस्त राख्न यसपटक नेपाली कांग्रेस क्षेत्र नं.२ (ख) प्रदेश महाधिवेशन प्रतिनिधीका लागी उम्मेद्धवारी दिने उनले बताउनु भयो । सबैले यसपटक आफुलाई साथ दिने अपेक्षा गरेको पनि उनको भनाई छ अधिबेशनमा सवै प्रतिनिधीहरु लाई सहयोग र समर्थन गरि बिजयी बनाउन समेत अनुरोध गनुभएको छ ।