
युवराज विष्ट
विचार
वार्ड नगर सम्म सहमति र सहकार्य हुन्छ भने बाकी तह सम्म किन गर्न सकिदैन? कि त नगर र वार्ड तह का नेता हरु लाई मात्र पार्टी को चिन्ता हो। हैन भने प्रदेश,क्षेत्र, र जिल्ला सम्म पनि सहमति, सहकार्य र यकता को महाधिवेशन बनाउनु पर्छ। यस्का लागि अग्रज नेता हरु ले आत्मालोचना गर्न आवश्यक छ। निस्वार्थ यवम नैतिकता को राजनीति लाई प्राथमिकता दिन आवश्यक छ।
कर्मकाण्डि अधिवेशनबाट मात्र युग को आवाज लाई सम्बोधन गर्न सक्ने खाल को उन्नत नेपाली काङ्ग्रेस सम्भव छैन। यसका लागि आत्मालोचना सहित को राजनैतिक संकल्प जरुरी हुन्छ। सेलेक्टेड बाट इलेक्टेड प्रक्रिया ले मात्रै लोकतान्त्रिक प्रक्रिया को पुर्ण प्रत्याभुती दिन सक्दैन। त्यसैले अब विपि, किशुन जि, गणेशमान,शुबर्ण ले परिकल्पना गरेको काङ्ग्रेस निर्माण का लागि अब यकता जरुरी छ। गुटबन्दी त्यागेर नेपाली काङ्ग्रेस को यक गुट बनाउन जरुरी छ। जस्तो आदरणीय नेता गोविन्द शाह ज्यु मन्त्री भैसक्नु भो,आदरणीय नेता राम बहादुर विष्ट ३ पटक माननीय भैसक्नु भो। आदरणीय नेता पुष्प शाह ज्यु ले यकपटक जिल्ला सभापति भै माननीय को टिकट पाइसक्नु भो, आदरणीय नेता भरत कुमार स्वार ज्यु दुई पटक जिल्ला सभापति भै माननीय को टिकट पाई सक्नु भो, आदरणीय नेता मेघराज खडका ज्यु पनि जिल्ला पार्टी सभापति भै माननीय को टिकट पाइसक्नु भो,आदरणीय नेता बल बहादुर कुवर ज्यु ले दुइपटक माननीय को टिकट पाइसक्नु भो, अब यकता र सहमति का लागि पुस्ता हस्तान्तरण अथवा चित्त बुझाउनु सक्नु पर्छ। अब यहाँ हरु ले काङ्ग्रेस लाई जिताउन अछाम मा काङ्ग्रेस लाई पैलो पार्टी बनाउन सहमति र सहकार्य को महाधिवेशन बनाउन महत्वोपुर्ण भुमिका निभाउनु पर्छ। सहमति का लागि पार्टी लाई जिताउन का लागी, नेपाली काङ्ग्रेस भातृ यवम शुभेच्छुक संस्था हरु लाई मजबुत बनाउन अब यकपटक का लागि भरखरै सम्पन्न १४ औं महाधिवेशन बाट गणेश बहादुर विष्ट ज्यु लाई जिल्ला पार्टी सभापति र २ नम्बर क्षेत्र को माननीय को टिकट ल्याउन मा मद्दत गर्नु पर्छ भने र १५ औं महाधिवेशन मा राजन कुवर ज्यु लाई निर्विरोध पार्टी सभापति बनाउनु पर्छ। अब हुने संघिय चुनाव मा राजन कुवर ज्यु लाई माननीय को टिकट ल्याउन मा मद्दत पुर्याउन सक्नुपर्छ।
मैले यसो किन भने को भन्दा अग्रज नेता हरु ले पार्टी को नेतृत्व गर्दै पार्टी ले महत्वोपुर्ण भुमिका अरु नेता हरु ले पाइसक्नु भय को छ। तर गणेश बहादुर विष्ट र राजन कुवर को पनि पार्टी का लागि ठुलो संघर्ष छ ठूलो लगानी छ। त्यति मात्र नभै जनता माझ लोकप्रिय यवम पार्टी संघठन लाई मजबुत बनाउने क्षामता पनि छ तर यहाँ हरु लाई पार्टी ले जिम्मेवारी दियको छैन। भुमिका मा लियको छैन। युवाहरू को चाहाना अनुसार गणेश बहादुर विष्ट ज्यु लाई जिल्ला सभापति बनाउनु पर्छ। यसरी हामी ले सहमति र सहकार्य को महाधिवेशन बनाउने हो भने,पुस्ता हस्तन्तरण यवम योगदान को कदर पार्टी भित्र गर्ने हो भने हामी अवस्य पनि निर्वाचन मा बहुमत को नजिक पुग्छौ। हामी अछाम का दुइवटै क्षेत्र मा बलियो छौ। जनमत हाम्रो पक्ष मा छ। तर हामी मा यकता छैन। हाम्रो अग्रज नेता हरु को अस्वस्थ गुटबन्दी, यवम ब्याक्तिवादी चरित्र का कारण आज नेपाली काङ्ग्रेस अछाम पटक पटक हार ब्यहोरी रहेको छ। इमानदार कार्यकर्ता हरु लाई बलि चढाउने प्रमपरा छ। त्यो प्रमपरा को अन्त्य गर्न आवस्यक छ। यसरी सबल नेतृत्व ले प्राथामिक्ता पाउने हो भने अग्रज नेता हरु यकरुप भयर जानुहुन्छ भने तल्लो तह का कार्यकर्ता हरु मा जोश जागर यवम उर्जा थपिने छ।
र युवा हरु को पार्टी भित्र आकर्षण बढने छ सक्रियता पनि रहनेछ। र अर्को कुरा के हो भने हाम्रो केन्द्र यवम जिल्ला का नेता हरु को सक्रियता मा मात्र पार्टी मज्बुत बन्ने होइन। पार्टी मजबुत बनाउन नेपाली काङ्ग्रेस का आम कार्यकर्ता हरु सक्रिय बन्नु पर्छ। जिल्ला सभापति र वार्ड सभापति को कर्तव्य र जिम्मेवारी यउटै रहन्छ। तर पार्टी को सभापति ले मात्र पार्टी बनाउने होइन पार्टी बानाउन यउटा कृयाशिल सदस्य को पनि भुमिका हुन्छ। यउटा कृयाशिल सदस्य ले यउटा मात्र कृयाशिल सदस्य थपने हो भने मात्र १० लाख कृयाशिल सदस्य को दोब्बर हुन्छ। त्यसैले पार्टी बनाउने जिम्मेवारी आम कार्यकर्ता को हुन्छ। तर तिनै कार्यकर्ता लाई परिचालन गर्न का निमित्त प्रशिक्षण दिन आवस्यक हुन्छ भने त्यस का लागि कार्यसमिति को आवस्यक पर्छ। यति मात्र ले काङ्ग्रेस बलियो बन्दैन काङ्ग्रेस को अब को निति रोजगार मुखी हुनुपर्छ अब पार्टी को यजेन्डा रोजगार मुखी यवम विकास मुखी हुनुपर्छ। यक घर यक रोजगार को अभियान काङ्ग्रेस को नेतृत्व मा हुनुपर्छ। र अब को शिक्षा नीति पनि रोजगार मुखी हुनुपर्छ भन्ने मलाई लाय को छ। देश विकास का लागि नेपाली काङ्ग्रेस गुरुयोजना के बन्ने भन्ने कुरा प्रमुख हुन्छ। त्यो योजना कस्तो बन्ने भन्ने कुरा प्रमुख हुन्छ। अब को काङ्ग्रेस को योजना अब काङ्ग्रेस को यजेण्डा बाटो बनाउनु होइन,ठूलो स्कुल भवन बनाउनु होइन,ठूलो अस्पताल भवन निर्माण गर्नु मात्र होइन, अब को यजेण्डा भने को गुणस्तरीय शिक्षा,स्वस्थ खाने पानी,स्वास्थ्य उपचार प्रमुख हुन्छ। यउटा गरिव परिवार को चुलो मा नियमित आगो बाल्नु हाम्रो जिम्मेवारी हो।
यउटा गरिव बच्चाले बुक किन्न नसकेर पढाइ बाट बन्चित हुन्छ भने, त्यही बच्चा भिटामिन नपायर विभिन्न रोग को सिकार बन्छ भने त्यो समृद्धि हुन सक्दैन। देश शान्त हुन सक्दैन। विभिन्न किसिम ले नेपाल शान्त यवम शुन्दर त होला तर यउटा बुढी आमा को पेट मा भोक ले लात हानी रहेको छ भने देश मा शान्ति आउन सक्दैन। त्यसैले अब नेपाली काङ्ग्रेस को नीति नेपाली काङ्ग्रेस को यकेण्डा त्यता तिर सक्रिय हुनुपर्छ पर्छ। त्यो अनुकुल को यजेण्डा बनुपर्छ। देश वासी हरु को भोको पेट को जिम्मा नेपाली काङ्ग्रेस ले लिनु पर्छ। त्यस पछि काङ्ग्रेस आफै बलियो बन्छ। देश मा राणा हरु ले यकतर्फी राज गरिरहदा नेपाली काङ्ग्रेस अथवा विपि को यजेण्डा र संघर्ष कस्तो थियो भन्ने कुरा प्रमुख होइन तर त्यस लाई बुझेर ब्यावहारिक रुप मा लागू गर्नु प्रमुख कुरा हुन्छ। त्यस्तै राणा र राजा त देश मा छैनन् तर विकट जिल्ला हरु का विकट गाउँ बस्ती हरु मा अशिक्षा जनचेतना को कमि ले अशान्ति मचाइरहेको छ। अशान्ति भन्नाले हत्या हिंसा बलात्कार का घटना हरु बढिरहदा अब काङ्ग्रेस का लागि उस बेला का राणा र राजा को ठाउ मा अब काङ्ग्रेस को को नजर मा यिनै हत्यारा बलात्कारि हरु हुन भन्ने कुरा लाई ध्यान मा राखी विपि ले राणा र राजा फाले झै अब काङ्ग्रेस ले यिनै हत्यारा बलात्कारी हरु लाई निर्मुल पार्न संघर्ष गर्नुपर्छ। त्यस्तो नीति काङ्ग्रेस ले लिनु पर्छ। यसो गर्ना ले हाम्रो पार्टी नेपाली काङ्ग्रेस लाई बलियो, सशक्त, मजबुत यवम देश कै पैलो पार्टी हुन बाट कुनै पनि शक्ति ले रोक्न सक्दैन।
#जय_नेपाल युवराज विष्ट नेपाल विद्यार्थी संघ अछाम स्कुल अफ डेमोक्रेसी अछाम जिल्ला सदस्य समेत हुन ।