
हिक्मत नेपाली
कमलबजार, मंसिर १८ ।
घरै बाट सूरु गरौ महिला हिंसा अन्त्य गरौ भन्ने नाराकामा साथ यस बर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म लैङ्गिक हिंशा बिरुद्ध १६ दिने अभियान अन्र्तगत बिभिन्न कार्यक्रम गरिदैछ । जस अन्र्तगत आज कमलबजार नगरपालिका वडा नं २ मा वडा स्तरिय सचेतनामुलक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिभिन्न गैर सरकारी संस्थाकोे साझेदारीमा कमलबजार नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रम वडा नं २ का अध्यक्ष रण बहाहुर खड्का अध्यक्षतामा भएको थियो । कार्यक्रम को सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख डम्मरा ढुङ्गानाले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा वडा नं २ का महिला तथा वालिकाका साथै बिभिन्न सरोवाला निकायको उपस्थिती रहेको थियो । सहभागीहरुले बालबिवाह लगायतका सामाजिक बिकृती र हिंशा न्युनिकरण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट पहल चाल्नु पर्नेमा जोड दिएका थिए ।