टि.बि. भण्डारी कमलबजार माघ ७

नेकपा बिभाजनको प्रभाव देश ब्यापी रुपका परिरेहका बेला अछामको कमलबजार नगरपालिकामा पनि नेकपा बिभाजनको प्रभाव प्रभाव देखा पर्न थालेको छ । ओली समुह र प्रचण्ड –नेपाल समुह जिल्ला गत रुपमा किताकाट पछि नगरस्तरिय बैठक ,अगुवा भेला मार्पत आ–आफनो समुहमा नेता तथा कार्यक्रर्ता तानतान गर्न दुवै समुहमा प्रतिस्पर्धा हुन थालेको छ र वडा देखि नगर सम्म कार्यकर्ता तानातानको शिलसिला जारी रहेको छ ।
पार्टी बिभाजन देखिएपनि औपचारिक रुपमा अलग नभईसकेका बेला दुवै समुह सबै वडा तथा नगरमा बलियो उपस्थिती देखाउने रणनिती अनुसार नेता ,तथा अगुवा कार्यकर्ता तानातानमा लागेको देखिन्छ ।दुवै समुहले वडा तथा नगरकमिटी मा बहुमत सदस्य आफु सगै रहेको दावी गरीरहेको भए पनि कमलबजार नगरपालिका प्रदेर्श क ’ मा प्रचण्ड –नेपाल समुह र प्रदेर्श ख ’ मा ओली समुह बलियो देखिन्छ तर सैदान्तिक भन्दा पदका लागी भएको बिभाजनमा अवसरवादी प्रवृती ले समिकरण बदलि रहन्छ र रहने छ ।
पुर्व राज्य मन्त्री भिम कडायत ,संभासद यज्ञ बोगटी ,पुर्व जि.बि.स. सभापती कुष्ण प्रसाद भटराई,पुर्व अध्यक्ष कमल तिमिल्सैना ,चन्द्र बोहरा ,कटक साँउद ,मना अधिकारी लगायतको ओली समुहको टोली ले २०७८।१०।६ गते कमलबजारमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ भने
पुर्व संभासद तथा केन्द्रिय सदस्य शरद सिंह भण्डारी,भरत साँउद प्रदेश सभासदहरु अक्कल रावल ,दुर्गा बि.क.र गोविन्द्र कुवर ,प्रदेश कमिटी सदस्य शंकर भण्डारी लगायतका नेताहरुको टोलीले प्रचण्ड –नेपाल समुहको टोलीले २०७८।१०।५ गते कमलबजारमा अगुवा कार्यकर्ता भेला कार्यक्रम गरेको छ ।                                                                             ओली समुहले केन्द्रिय सदस्य ,प्रदेश सदस्य र जिल्ला सदस्य मनोनित गरि नेता तथा कार्यक्रता तान्ने रणनिती लगेको छ भने र       प्रचण्ड –नेपाल समुहको टिम अगुवा भेला मार्फत कार्यकर्ता तान्ने रणनिती मा छ ।
चुनाव जिते पछि गाँउ,टोलमा आक्ल झुकल देखिने आफनो क्षेत्र र क्षेत्र बाहेक का संधिय तथा प्रदेश संभासदहरु ,नेताहरुको दैनिक जमघट ,नमस्कार ले जनता भने अच्चम परेका छन तर ईमान्दार नेता ,कार्यक्रताहरु ततस्थ छन जस्ले पार्टीको आधिकारिकता तथा सुर्य चिन्ह पाउने हो उतै लाग्ने गरि पर्ख र हेर को रणनिती रहेका छन ।
कमलबजार नगरपालिकामा को कता ??
ओली समुह
कटक साँउद जिल्ला कमिटी सचिवालय सदस्य हाल केन्द्रिय सदस्य मनोनित
मना अधिकारी जिल्ला कमिटी सचिवालय सदस्य हाल केन्द्रिय सदस्य मनोनित
लक्ष्मी अधिकारी जिल्ला कमिटी सचिवालय सदस्य
नन्द सिंह चलाउने जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष कमलबजार नगरपालिका ५ दुर्गा प्रसाद अधिकारी वडा अध्यक्ष कमलबजार नगरपालिका ९ हाल जिल्ला कमिटी सदस्य मनोनित
बसन्त बिष्ट वडा अध्यक्ष पराजित कमलबजार नगरपालिका १० हाल प्रदेश कमिटी सदस्य मनोनित
लाल ब. बिष्ट वडा अध्यक्ष पराजित कमलबजार नगरपालिका ७ हाल जिल्ला कमिटी सदस्य मनोनित
प्रचण्ड –नेपाल समुह
शरद सिंह भण्डारी पुर्व संभासद तथा केन्द्रिय सदस्य
भरत साँउद पुर्व संभासद तथा प्रदेश कमिटी सदस्य
शंकर भण्डारी प्रदेश कमिटी सदस्य
बम ब.रावत प्रदेश कमिटी सदस्य
दिपक अधिकारी जिल्ला कमिटी सचिवालय सदस्य
बल ब.कुवर जिल्ला कमिटी सचिवालय सदस्य
रण ब.बिष्ट जिल्ला कमिटी सचिवालय सदस्य
खडक ब. भण्डारी जिल्ला कमिटी सचिवालय सदस्य
शारदा बिष्ट जिल्ला कमिटी सदस्य
मोतिसरा चलाउने जिल्ला कमिटी सदस्य
सत्यराज तिमिल्सैना जिल्ला कमिटी सदस्य
दल ब.थापा जिल्ला कमिटी सदस्य
खेम जैसी नगर कमिटी अध्यक्ष

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय