
कमलबजार, पाैष २५ ।
नेकपा एमाले अछामको जारी आठौं जिल्ला अधिबेशनमा उपाध्यक्षमा नेता बलबहादुर कुँवरले उम्मेदवारी घोषणा गरेका छन । लामो समय देखि नेकपा एमालेको राजनीतिमा क्रियाशील कुँवर कमलबजार नगरपालिका वडा नं २ का स्थायीबासी हुन । वि.सं २०४८ देखि निरन्तर राजनीतिमा सक्रिय कुँवर बिद्यार्थी राजनीति देखि पार्टीको ईलाका सचिव हुदै हाल जिल्ला कमिटी सचिवालय सदस्य तथा कमलबजार नगर ईन्चार्जको जिम्मेवारी समालिसकेका छन ।