
चन्द्र प्रसाद भाट,माघ २,अछाम । प्रेस चौतारी नेपाल जिल्ला समिति अछामको ५ औ जिल्ला अधिवेशनको उद्धघाटन सत्र मंगलसेनमा सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल जिल्ला समिति अछामका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कििमटका सदस्य एबम् मंगलसेन नगरपालिकाका नगर प्रमुख प्रमुख अतिथि रहनुभएको थियो ।
सहि सुचना सम्प्रेषण गर्नका लागी पत्रकारहरुले आफ्नो ज्यानको प्रबाह नगरि जस्तोसुकै जोखिम मोलेर काम गरेकाले पार्टिले पनि प्रेस चौतारी नेपालको सहि मुल्याँकन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पार्टिको प्रदेश कमिटिको जिम्मेवारी निकायमा आफ्नो सहभागीता रहेको भन्दै प्रदेश कमिटिमा पत्रकारका समस्या समाधानका लागी पहल गर्ने उहाँले वचन दिनुभयो । पत्रकारहरु समाजका ऐना भएकाले पत्रकारहरु संगै सहकार्य गर्दै अघिबढ्ने उनको भनाई छ ।
एक अर्को प्रशंगमा बोल्दै बोहराले आफु एक स्थानिय सरकारको प्रमुख भएको नाताले पनि स्थानिय सरकार सँचालनका लगी संचारकर्मिहरुसंग सधै सहकार्यका साथ अघिबढ्ने बोहराको भनाई छ ।
पत्रकारहरुले कसैसंग पुर्बाग्राहि नराखि सहि सुचना प्रवाह गर्ने कुरामा प्रतिबद्ध हुन उहाँले आग्रह गर्नुभयो । आउँदो स्थानिय सरकारको निर्वाचनमा पनि एमाले लाई पहिलो शक्तिका रुपमा स्थापित गर्नका लागी प्रेस चौतारी नेपालमा आबद्द सँचारकर्मिहरुले भुमिका निर्वाह गर्नेछन भन्ने आफुले बिश्वास लिएको उहाँले बताउनुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथि नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहराले संगठनलाई चलायमान बनाउनका लागी प्रेस चौतारीका सबै पत्रकारहरुले अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । समाज रुपान्त्रणका लागी पत्रकारहरुको भुमिका महत्वपुर्ण रहेको भन्दै बोहराले सत्यतथ्य कुराहरुमा कलम चलाउन पनि आग्रह गर्नुभयो ।
गलत काम गर्नेका बिरुद्ध सधैँ कलम चलाउन सुझाव दिँदै उहाँले आफ्नो र पराई नभनि सत्यतथ्य कुरा सार्वजनिक गर्न उहाँले आग्रह गर्नुभयो । प्रेस चौतारी नेपालमा आबद्द सबै पत्रकारहरु कुनै छुट्टै निकायका ब्यक्ति नभई नेकपा एमालेका अनुयायी भएकाले आफ्नो क्षेत्रबाट आफ्ना कामहरु अघि बढाउँदै पार्टीका गतिबिधिमा पनि सक्रिय बन्न समेत उहाले आग्रह गर्नुभयो ।
नेकपा एमालेको आठौँ जिल्ला अधिवेशनबाट आफु अध्यक्ष पदमा निर्वाचित भएको भन्दै आगामी दिनहरुमा पत्रकारका समस्या समाधानका लागी पार्टीले यसलाई गम्भिर बिषयका रुपमा लिएको बताए ।
यस्तै कार्यक्रममा बोल्दै नेकपा एमाले अछामका जिल्ला सचिव भीम बहादुर रावल(कालोटोपी) ले पत्रकारहरुले जनताहरुलाई सहि सुचना दिन सक्नुपर्नेमा जोड दिनुभयो । ेकपा एमाले अछामको सिंगो जिल्ला कमिटि पत्रकार संगै सहकार्य गर्दै अघि बढ्न तयार रहेको स्मरण गर्दै रावलले प्रेस चौतारी अछामको हरेक निकायमा उल्लेखनिय सहभागीता जनाउनका लागी पत्रकारहरुले एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्यद्धय एकिन्द्र कुमार कुँवर,शिवराज ढुंगाना,अनेरास्ववियूका केन्द्रिय कमिटि उपाध्यक्ष डिबि साउँद,नेकपा एमालेका जिल्ला कमिटि सदस्यद्धय नरेश कुमार शाही,पुष्पराज भट्ट,प्रेस चौतारी नेपालका प्रदेश कमिटि अध्यक्ष कृष्ण ओली,प्रेस चौतारी नेपालका केन्द्रिय लेखा आयोगका सदस्य विष्णु प्रसाद भण्डारी ले मन्तब्य राख्दै प्रेस चौतारी नेपाललाई चलायमान बनाउनका लागी आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै प्रेस युनियन अछामका सचिव शुसिल भण्डारीले युनियनको तर्फबाट पनि सहयोग रहने बताए । प्रेस चौतारी नेपालका जिल्ला समिति अछामका उपाध्यक्ष एकेन्द्र महताको स्वागत मन्तब्य बाट सुरु भएको उद्धघाटन सत्र कार्यक्रमको सञ्चालन जिल्ला सचिव टेक बहादुर थापाले गर्नुभएको थियो ।