
देवेन्द्र सञ्ज्याल, अछाम माघ ८ ।
कामको शिलशिलामा करेन्ट लागेर गम्भीर घाईते भएका चुरे गा पा ४ कैलालीका प्रेम रावललाई युवा समाजसेवी रामकृष्ण शिवाकोटीले नगद रु एघार हजार एक सय एघार आर्थिक सहयोग गर्नु भएको छ।
कालिन्चोक ७ भदौरेका गङ्गा पौडेलको घर निर्माणको क्रममा मजदुर रावललाई प्रशारण लाइनको नाङ्गो तारले करेन्ट लागेको थियो । गम्भीर चोट लागेर त्रि वि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत वहाँलाई उपचारका लागी आर्थिक अभाव भए सङ्गै युवा समाजसेवी शिवाकोटीले अस्पतालमै गएर प्रविण शिवाकोटी र सन्दिप वुढाथोकीको उपस्थितिमा नगद सहित ब्ल्यङ्केट र ओच्छ्याउने कपडा समेत सहयोग गर्नु भएको छ। यसै गरी विवश नेपालले समेत रु पचास हजार बराबरको औषधि सहयोग गरेको जानकारी विरामी कुरुवा दिनेश गौतमले दिनु भएको छ।
उपचारका लागी थप एक महिना जति अस्पतालमा बस्नु पर्ने भएकोले आर्थिक अभावले उपचार गर्न कठिन भएकाले सम्पुर्ण सहयोगी मनकारीहरु लाई सकेको सहयोग गरिदिन आफन्त गौतमले अपिल गर्नु भएको छ।
सहयोगका लागी 9864537769 र 9848429689 मा सम्पर्क गर्न सकिनेछ।