
©Aryam Bista (Ramesh) कुनै दिन थियो आमाले मलाई खान सिकाउनु भयो । किन सिकाउनु भयो भन्दा मलाइ खान आउदैन थियो अनि सिकाउनु भयो । हो यहि कारण होकि आज मेरि आमाले राम्रो सङ्ग चम्चा समाएर खान जान्नु हुन्न । किनकी उहाले चम्चा समाएर कहिले खानु नै भाको थिएन । खानु भयो त आफ्नो काम गर्दा गर्दै ठेउला उठेको हातले जस्तो आफुलाइ आउँछ त्यसरी । मलाइ मेरि आमाले चम्चा समाउन जान्नु भएन भनेर कुनै लाज छैन किनकी म पनि चम्चाले खाएर हुर्केको मान्छे होइन । म त तिनै हातले बनाएको ,मिचेको,र तिनै हातको खाना खाएर हुर्केको हु । यदि कसैले मेरि आमालाइ यस्तो देखेर मलाइ पाखेको छोरा भन्छ भने हो म पाखे हो । म जहिले पनि जति नै अघि भएपनी म तेसै जिरो स्थान बाट आएको हु । म अलि पहिलाको भन्दा राम्रो भए भन्दैमा म त्यो आफ्नो ठाउलाइ बिर्सिने छैन जुन ठाउँ आमाले दिनु भयको थियो । मेरि आमाको लागि चम्चा थियो त आफ्नै हात केही मीठो थियो त आफुले नै बनायको घर को कोदोको ,मकैको रोटि भटमास को दाल जाडो नामक धान को भात । किन कि तेति बेला कुनै पनि यस्तो बजारिसामान पाउने बजार थियन । दिनभरी घाँस दाउरा गरेर बेलुका पसिना पुछेर खाना बनाको र त्यही पसिना भिजेको काखमा सुतेको आनन्द नै बेग्लै हुन्थ्यो । हो मेरि आमा आजकाल को समय जस्तो त गर्न नसक्नु होला तर हाम्रो लागि अझै पनि मर्न तयार हुन्छन । त्यसैले आफ्नो आमा जस्तो हुनु हुन्छ त्यस्मै खुशी हुनुस अरुको देखेर आफ्नो आमालाइ नराम्रो ठान्ने काम नगर्नु । आमाको बारेमा धेरै लेख्न त सक्दिन। लेख्ने मेरो हैसियत त छैन थोरै लेखेको छु । love you mom