अछाम  माघ १४    राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार अछामको जनसंख्या घटेको छ। २०६८ सालको भन्दा २८ हजार ५ सय ७० ले घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार अछामको जनसंख्या २ लाख २८ हजार ९ सय ७ रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणनामा अछामको जनसंख्या २ लाख ५७ हजार ४ सय ७७ थियो ।
यस्तै जिल्लामा सबै भन्दा बढि जनसंख्या मंगलसैन नगरपालिकाको र सबै भन्दा कम बान्निगढी जयगढ गाउँपालिकाको रहेको छ । मंगलसैन नगरपालिकामा नगरपालिकामा २६ हजार ८ सय ४३ रहेको छ भने बान्निगढी जयगढ गाउँपालिकाको जनसंख्या १३ हजार ६ सय ३९ जनसंख्या रहेको छ ।
त्यसै गरी बढि हुनेमा दोस्रो पन्चदेवल विनायक  नगरपालिकाको  जनसंख्या २६ हजार ३ सय १६ रहेको छ । तेस्रोमा साँफेबगर नगरपालिका  जनसंख्या २५ हजार ९  सय ९० रहेको  छ ।
त्यसै गरी तुर्माखाँद गाउँपालिकाको  २४ हजार ४ सय ४० रहेको छ । मेल्लेख गाउँपालिकाको २३ हजार ९६ रहेको छ  । त्यसै गरी ढकारी गाउँपालिकाको जनसंख्या २२ हजार ५ सय ५३ रहेको छ । चौरपाटी गाउँपालिकाको जनसख्यां २२  हजार ४ सय ७ रहेको छ भने कमलबजार नगरपालिकाको जनसंख्या २० हजार ९ सय ४७ रहेको छ । २०७८ को प्रारम्भिक नतिजा अनुसार महिला १ लाख २३ हजार ५ सय १७ र पुरुष १ लाख ५  हजार ३ सय ९० रहेको छ । अछाममा पुरुष भन्दा महिला १८ हजार १ सय २७ जना बढी देखाएको छ
२०७८ को प्रारम्भिक नतिजा अनुसार ३९ हजार ३ सय ७५ घर संख्याको गणना गरिएको उल्लेख गरिएको छ ।
अछाममा परिवार संख्या ४९ हजार ९ सय ६९ रहेको जनाएको छ । अछामको लैंगिक अनुपात ८५।९७ रहेको छ । परिवारको आकार ४।६० , जनघत्व १३७ रहेको छ । अछामको  बार्षिक बृद्धि दर (१।०९ प्रतिशत रहेको तथ्याङ्कमा सार्वजनिक भएको छ । copyed

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय