
सुवास अधिकारी ,कमलबजार माघ २८ ।
रूपान्तरण कक्षाका अभिभावकहरु लाई सकारात्मक अभिभावकत्व सम्बन्धि पहिलो सत्रको साप्ताहिक कक्षा कमलबजार नगरपालिका बिभिन्न वडामा सम्पन्न भएका छन् । नगरपालिका अन्र्तगतका वडा नं.४ चाल्सा, वडा नं.५ कुइका, वडा न्ां. ३ बयाला, वडा नं २ बजुडामा सम्पन्न भएका हुन्। सफल अभिभावक बनाउने उद्देश्यले सो कक्षा संचालन गरिएको बताईएको छ । प्रत्येक वडामा २५÷२५ जना सहभागिता रहेको साप्ताहिक कक्षाको प्रशिक्षण वडा नं. ४ चाल्सा र वडा नं. ५ कुुईकामा आस्था नेपालका बाल संरक्षण फोकल पर्सन लभजंग कुुँवर र वडा नं. २ बजुुडा र वडा नं. ३ बयालामा हेम बहादुुर चन्दले गर्नुु भएको हो । आस्था नेपालको आयोजना तथा नगरपालिकाका सम्बन्धीत वडा कार्यालयको समन्वयमा रूपान्तरण कक्षाका अभिभावकहरु लाई सकारात्मक अभिभावकत्व सम्बन्धि पहिलो सत्रको साप्ताहिक कक्षा सम्पन्न भएका आस्था नेपालका बाल संरक्षण फोकल पर्सन लभजंग कुुँवरले जानकारी दिनुुभयो ।