मंगलसेन, फाल्गुन १४ । नेपाल निजामती कर्मचारी संगठन अछाम जिल्ला कार्य समिति अछामको ११ अौ जिल्ला अधिबेशन बाट बिष्णु जैसी अध्यक्षमा निर्वाचित भएका छन । उपाध्यक्षमा हिमाल खड्का (खुल्ला तर्फ ) तुलसी साँउद समावेशी( महिला तर्फ ) ,सचिव झनक अधिकारी सहसचिवमा दुर्गा जैसी र कोषाध्यक्षमा हिक्मत बहादुर नेपाली निर्वाचित हुनुभएको छ । त्यसै गरि सदस्यमा धुर्व बोहरा , कृष्ण प्रसाद जैसी, नृर्प बहादुर बुढा, दिपक खड्का , बिष्णु प्रसाद भण्डारी , चक्र बहादुर बयक, सदस्य महिला तर्फ खष्टी रिमाल ढुङ्गाना, मिना रावल भण्डारी , सिर्जना कठायत,भगिसरा थापा सोडारी, दिलमाया थापा , र सदस्य का स मा हिक्मत बहादुर धामी निर्वाचन भएका छन । ४ सदस्य पछि मनोनीत हुने गरि २१ सदस्यीय समिति सर्वसम्मत भई अधिवेशन सम्पन्न भएको नवनिर्वाचित झनक अधिकारीले बताउनुभयो ।
संगै नेपाल निजामती कर्मचारी संगठन भित्रकै राष्ट्र सेवक बचत तथा सहकारी संस्था लि को अध्यक्षमा जगत रावल , शिव राज ढुङ्गाना सचिवमा नन्दराज ढुङ्गाना फ कोषाध्यक्षमा दिल बहादुर केसी निर्वाचित हुनु भएको छ । त्यस्तै सदस्यमा डन्डी प्रसाद ढुङ्गाना ,उर्मिला जिसी, जितगन बोहरा ,एकेन्द्र रावल, सिर्जना कठायत सर्वसम्मत निर्वाचित भएको जानकारी प्राप्त भएको छ ।
यश अघि ,
नेपाल निजामती कर्मचारी संगठन अछामको ११ औं जिल्ला अधिवेशन उदघाटन समारोह जिल्ला अध्यक्ष चन्द्र प्रसाद ढुगांनाको अध्यक्षतामा भएको भएको थियोे । अधिवेशनको उदघाटन ब्यानर बाचन गरेर प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्यायले ब्यानर बाचन गरेर उदघाटन गर्नु भएको थियो ।नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य नरेन्द्र बहादुर शाह र नेपाल राष्ट्रिय शिक्षक संगठन सुदुरपश्चिम प्रदेश समिति अध्यक्ष नर बहादुर रावल बिशिस्ट अतिथि रहनु भएको छ । अछाम बहुमुखी क्याम्पसको हलमा जारी उदघाटन समारोहमा मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, नेकपा एमाले जिल्ला कमिटी सदस्य बिन्दु रावल, लक्ष्मी बोगटी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य मन्जु महत, प्रगतिशील प्राध्यापक संघमा धुब्र कुमारी शाही, अधिवक्ता कृष्णप्रसाद ढुगांना, प्रेस चौतारी जिल्ला कोषाध्यक्ष कमल कुमार रावल, प्रदेश प्रतिनिधि पवन खत्री, गैसस अछामका सदस्य टेक बहादुर खडका, शिक्षक संगठनका धन कुमार केसी, संगठनका प्रतिनिधि उमाकान्त जोशि, प्रभुनाथ देवकोटा, विष्णुप्रसाद जैसी, दुर्गाप्रसाद जैसी लगाएतका अतिथि रहनु भएको छ ।उदघाटन समारोहका अतिथिले शुभकामना मन्तव्य राख्ने क्रम जारी रहेको छ । नेपाल स्वास्थ्यकर्मि संघ अछामका उपाध्यक्ष जमुना बोहराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन झनक अधिकारीले गरिरहनु भएको छ ।