
निर्मल राजा धनगढी २८,
देशकै प्रतिष्ठित सहकारी नवजीवन सहकारी संस्था लि. को आज शनिबार कैलालीको धनगढीमा निर्वाचन भइरहेको छ ।
कैलालीको धनगढीमा केन्द्विय कार्यालय रहेको नवजीवन सहकारी संस्थाको आज निर्वाचन भइरहेको छ ।
देशकै अब्बल सहकारीको पहिचान बनाएको नवजीवन सहकारी संस्था लि. ले आफनो २८ औं साधारण सभाबाट नेतृत्व चयन गदै छ ।
नवजीवन सहकारी संस्था लि. को नेतृत्व लिनका लागी प्यानल सहित चुनावी मैदानमै उत्रिएका हुन।
उक्त सहकारीको नेतृत्व हातमा लिन १ महिना अघि देखि नै दुइ प्यानल बनाई चुनावी मैदानमा उत्रिएका हुन।
नवजीवन सहकारीको सञ्चालक तथा लेखा समितीको नेतृत्वका लागी दुइ प्यानल आपने सामने भिड्ने भएका छन् ।
कैलालीको धनगढी स्थित ओम प्यालेसमा भइरहेको चुनावमा अध्यक्ष पदमा रतन बहादुर कठायत र देब बहादुर बमको टीम आ आफनो प्यानल सहित चुनावी मैदानमा छन्।
त्यसैगरि उपाध्यक्षमा रतन बहादुर कठायतको प्यानलबाट चेतराज ओझा छन् भने देब बहादर बम प्यानलबाट भरतराज जोशी मैदानममा छन्।
त्यसैरि सदस्यमा कठायत प्यानलबाट उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, गणेश बम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर र राधिका कुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवारी दिएका छन् ।
त्यसैरि सदस्यमा बम प्यानलबाट इन्दिरा जैशी, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज बिष्ट, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, र शिवकुमार जोशी फुलारा उम्मेदवार छन्।
बमप्यानलबाट लेखा समिति संयोजक पदमा मदनराज ओझा ,सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार छन्।
नवजीवन सहकारी संस्थाका करिब तीस हजार शेयर सदस्य रहेका छन् भने यो समाचार तयार पार्दा सम्म करिब सोह् हजारले मतदान गरिसकेको निर्वाचन समितीले जनाएको छ ।