अछाम, चैत्र ०३ । कला संस्कृतिकाे संरक्षण एबमं पर्यटन प्रबर्द्धनका लागी युवा अभियान भन्ने मुल नारा सहित अछाम जेसीसले हाेली मिलन तथा शुभकामना अादान प्रदान सहितकाे साँस्कृतिक कार्यक्रम सदरमुकाम मंगलसेनमा सम्पन्न गरेकाे छ।

शासन ब्याक्तिकाे हाेइन बिधिकाे हुनुपर्छ भन्ने मुल नारासहित अछाम जेसीज बर्ष २०२२ का अध्यक्ष सिद्धराज ढुंगानाकाे अध्यक्षतामा भयकाे शुभकामना अादान प्रर्दान कार्यक्रम मा जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि,जिल्लाका राजनितिक दल,कलाकार,युवा,ब्यापारी लगायतकाे उपस्थिति रहेकाे कार्यक्रम लाई सम्बाेधन गर्दै अछाम जेसीज बर्ष २०२२ का अध्यक्ष सिद्ध राज ढुंगानाले हाेली पर्व एउटा ऐतिसिक पर्व भएकाले यसलाई उल्लासमय तरिकाले मनाउन अाग्रह गर्दै हाेलीकाे अवसरमा सबैलाई शुभकामना दिदै अछामकाे पहिचान र परिचय समेत बाेकेकाे हाेलीकाे संरक्षण समद्दनमा सबैले हातेमालाे गर्नुपर्ने बताउनुभयाे। अछाम जेसीजले बिगत लामाे समयदेखि कला संस्कृतिकाे संरक्षण गर्दै अायकाे बताउदै यश बर्ष लाई जेसीजकाे उत्कृष्ट बर्ष बनाउने उदेश्य अनुरूप सांस्कृतिक कार्यक्रमकाे अायाेजना गरीयकाे बताउनु भयाे। साथै अछाकाे चिनारीकाे रूपमा रहेकाे हुड्के नाच,रत्तेउली,भुवाे,पुल्तला,डेउडा खेलकाे संरक्षणका लागि अछाम जेसीजले छिट्टै अभियान संञ्चालन गर्ने कुराकाे घाेषणा समेत गर्नुभयकाे थियाे।
अछाम जेसीज बर्ष २०२२ का महासचिव हरिषचन्द्र रावलले अछाम जेसीले अागामी दिनहरूमा संञ्चाल गर्ने कार्यक्रमकाे बारेमा जनकारी गराउदै छाेटाे समयका बिच बृहत् रूपमा भयकाे संस्कृतिक कार्यक्रमले अायाेजक लाइ थप उर्जा प्रर्दान गरेकाे बताउदै यस्ता कार्यक्रमहरू नियमित रूपमा गर्दै जैलाने बताउनुभयकाे थियाे। कार्यक्रम मा साधना कला केन्द्रका प्रमुख रमेश नेपाली,अछामका चर्चित हास्य कलाकार जनक साउद लगायतका अन्य चर्चित कलाकारका थुप्रै प्रस्तुति रहेकाे कार्यक्रमकाे अवधिभर साधना कलाकेन्द्रका कलाकारले भरपुर मनाेरञ्जन दिनुभयकाे कार्क्रम मा ३० भन्दा बडी नित्य हरू प्रस्तुत गरीएकाे थियाे।
कार्यक्रम मा अछामकाे कला संस्कृति झल्किने डेउडा,न्याउले देखि अाघुनिक नाचहरू समेत प्रस्तुत गरियकाे थियाे। दर्शकको उल्लेखिनिय उपस्थित रहेकाे सांस्कृतिक कार्यक्रकाे संञ्चालन साधनाकला केन्द्रका प्रेस भाटले गर्नु भएकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय