कमलबजार, चैत्र ७ । नेपाली कांग्रेसको पालिका स्तरीय चुनावी सभा अन्तर्गत  कमलबजार नगर समितिको आयोजनामा कमलबजारमा आज बृहत् जनसभा सम्पन्न भएको छ । नेपाली कांग्रेस कमलबजार नगर समिति का सभापति पदम बहादुर भण्डारीको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य सीता राना रहनु भएको थियो । प्रमुख अथितीको आशन बाट बोल्दै रानाले एमसिसी परियोजनाका विषयमा कम्युनिस्टहरुले भ्रम छरेको बताउनुभयो ।  उहाँले अगाडि थप्दै भन्नुभयो एमसिसि भनेको नेपालको विकासका लागि  फिरिमा आको बजेट भएकाले सो परियोजना नेपाली गरिब जनताको हितमा रहेको समेत बताउनु भयो ।  नेपाली काँग्रेसको नेतृत्वमा भएको सरकारले जनताका पक्षमा गरेका कामको विषयमा प्रचारप्रसार गरेर जानुपर्नेमा समेत रानाको जोड थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय