कमलबजार, चैत्र ०९ ।
जनता समाजबादी पार्टी (जसपा) का पुर्व अछाम जिल्ला अध्यक्ष बालाराम ढकाल(बि.एल. बिवश यात्री) ले आसन्न बैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचनमा कमलबजार नगरपालिकाको उपमेयरमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।युवा माझ लोकप्रिय ढकालले  युवा लक्षित कार्यक्रम लाई प्राथमिकता दिदै २९ बुदे घोषणा प्रतिबद्धता सहित आफ्नो उम्मेदवारी घोषणा भएको कमलबजार दैनिक डटकम लनई जानकारी दिनु भएको छ । कमलबजार नगरपालिका वडा नं ६ स्याउले स्थायी ठेगाना भएका ढकालले आफ्नो उदेश्य र लक्ष्य तथा कार्यक्रम  समेटेर २९ बुदे घोषणा प्रस्तुत गर्नुभएको छ ।
१. जातीय विभेद र समाजमा रहेका सवै किसिमका कूरितीका बिरुद्द निडर र निर्मम भएर काम गर्नेछुँ।
२. विद्यालयको अवस्था  र शिक्षण शैलीमा अनुभव गर्ने गरि परिवर्तन गर्नेछुँ।
३. आवश्यकता अनुसार टोल स्वास्थ्य शिविर संचालन हुनेछन् । स्वास्थ्य क्षेत्रमा विशेष जोड दिनेछुँ।
४. स्थानीय कला, सँस्कृती र पुरातात्त्विक वस्तुहरुको संरक्षण गर्ने कार्यक्रमहरु बनाउनेछुँ।
५. कमलबजार नगरभित्र एउटा बृहत् पुस्तकालय सङ्गै सङ्ग्रहालय स्थापना गरिनेछ।
६. न्यूनतम रोजगारीका कार्यक्रमहरु ल्याइनेछन्। डोजरको सट्टा निश्चित मापदण्ड बनाइ जनशक्ती मार्फत काम गर्नेछुँ।
७. नगर भित्र हुने जुनसुकै नियुक्तिहरु विशुद्ध प्रतिस्पर्धा मार्फत गरिनेछन्। मेरो भूमिका सिफारिस गर्ने होइन पारदर्शी र खुल्ला प्रतिस्पर्धा गराउने हुनेछ।
८. नागरिकको गुनासो र जवाफ सहितको कार्यक्रम स्थानीय रेडियो र सामाजिक संजाल मार्फत प्रस्तुत गरिनेछ।
९. भ्रष्टाचार रहित, पारदर्शी र सुशासन सहितको नगर बनाउन यूवा साथीहरुसँग सहकार्य गर्दै सुशासन र असल राजनीतिक सँस्कार स्थापित नमुना नगर बनाउनेछुँ।
१०. असहाय, टुहुरा र विपन्न बालबालिकाहरुको जीवन सँग प्रत्येक्ष प्रभाव पार्ने कार्यक्रम ल्याइनेछ।
११. गर्भवती तथा सुत्केरी आमाहरुलाई पोषण सँगै आर्थिक रुपले विपन्न परिवारका गर्भवती/सुत्केरी आमाहरुलाई आर्थिक सुरक्षाको प्रत्याभूति गर्न पहल गर्नेछुँ। टोलमै स्वास्थ्य सेवा दिन पहल गर्नेछुँ।
१२. झै-झगडा मुक्त नैतिकवान समाज बनाउन पहल गर्नेछुँ।
१३. जाँडरक्सी एवं दुर्व्यसनको कुलतमा रहेका यूवाहरु लाई सत्मार्गमा हिडाउने कार्यक्रम संचालन गर्नेछुँ।
१४. विदेशिएका यूवाहरुलाई स्वरोजगारमा लाग्न प्रेरित गर्ने कार्यक्रम ल्याइनेछन्।
१५. ” विद्यार्थीसँग उप-प्रमुख कार्यक्रम ” ल्याइनेछ। जून कार्यक्रम अन्तर्गत विद्यार्थीहरुभित्र भएका क्षमताहरु बाहिर ल्याउने र व्यवहारिक एवं खोजमुलक शिक्षाको अभ्यास गरिनेछ।
१६. साहित्यिक एवं साँस्कृतिक विकासका कार्यक्रम संचालन गरिनेछन्।
१७. हरेक विकास परियोजनामा उत्पीडित वर्गलाई प्राथमिकतामा राखिनेछ।
१८. विद्यार्थीसँग स्वास्थ्यकर्मी कार्यक्रम संचालन हुनेछ।
१९. कमलबजार नगरपालिका भित्रका शिक्षक,अभिभावक र विद्यार्थीहरुका समसामयिक विषयबस्तु समेटेर  त्रैमासिक बुलेटिन प्रकाशन गर्न पहल गर्नेछुँ  । २/२ जना विद्यार्थी, शिक्षक र अभिभावकलाई विविध पक्षको मुल्यांकनको आधारमा उत्कृष्ट व्यक्ति घोषणा र प्रोत्साहनको व्यवस्था हुनेछ।
२०.   स्थानीय यूवा/ यूवतीलाई जिम्मेवारी दिएर टोल शिक्षा कार्यक्रम ल्याइनेछ।टोलमै ” हाम्रा नानीको पढ्ने बानी” कार्यक्रम संचालन गरि बालबालिकाहरुलाई अध्ययन गर्ने बानी बसाउनेछुँ।
२१.  जनयुद्धका समयमा ध्वस्त भएको वस्ति,
कुइकामा जनयुद्ध स्मारक केन्द्र खोलिनेछ।
२२.  सस्तो र सहजरूपमा यात्रा गर्ने व्यवस्था गर्नेछुँ। नगर बस संचालन गरि सर्व-सुलभ यातायातको व्यवस्था गर्नेछुँ।
२३.प्रत्येक वर्ष  विपन्न वर्गका मेधावी ३ जना स्वास्थ्यकर्मी र ३ जना इन्जिनियर अध्ययन गर्न चाहनेहरुलाई नगरले लगानी गर्नेछ, उनीहरुले कम्तीमा ५ वर्ष नगर- भित्र  काम गर्नुपर्नेछ।
२४. फल्टाने फलफूल पकेट, घोडासैन सुन्तला पकेट क्षेत्र, बयाला आँप खेती पकेट क्षेत्र, वीरपथ र कुइकाका लेकहरुमा सिस्नो रोपण र संरक्षण गरिनेछ। प्राविधिक पक्ष मुल्यांकन गरि आवश्यक ठाउँहरुमा विभिन्न कृषि पकेट क्षेत्र तयार गरिनेछ।
२५. प्रपोजलको आधारमा नभई वास्तविक कृषकको पहिचान गरि अनुदान दिइने छ।
२६. एउटा चिल्ड्रेन पार्क जहाँ बालबालिकाहरुले मनोरञ्जनका साथै क्षमता पर्दर्शन गर्न सक्ने बालमैत्री पार्क निर्माण गरिनेछ।
२७. यश नगरका हरेक डाँडाहरुमा भएका मन्दिरहरु लाई प्रवलिकरण गरि  स्थानीय कला कौसल र परम्परालाई प्राथमिकतामा राखी थोरै आर्थिक लगानी र अधिकतम जनस्तरबाट काम गर्ने वातावरण सिर्जना गरि पर्यटकीय क्षेत्र बनाउन पहल गर्नेछुँ।
२८.  १० वटै वडाका कम्तीमा  ५० जना क्षमतावान यूवाहरुको संजाल निर्माण गरिनेछ र उहाँहरुको भिजनको उचित कदर हुने गरि समग्र नगरको समृद्धिको मार्ग निर्माण गर्न प्रोत्साहित गर्नेछुँ।
२९. खेलाडी, गायक,साहित्यकार, लेखक, विभिन्न क्षमता भएका व्यक्तिहरुलाई प्रोत्साहन र अभिभावकत्व प्रदान गर्न स्थानीय सरकारमार्फत पहल गरिनेछ।

यो पनि पढ्नुहोस
कमलबजार नगरपालिका वडा नं स्याउलेमा स्थाई ठेगाना भएका बालाराम ढकाल ले आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कमलबजार नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी घोषणा गरिसके पछि उहाँले  आम नागरिक संग गर्नु भएको अपिल ।
आदरणीय नगरवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरु
आसन्न २०७९ साल वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा अछाम जिल्ला  कमलबजार नगरपालिकाको नगर – उपप्रमुख पदमा मेरो उम्मेदवारी घोषणा गर्दछुँ।
–  कुनै व्यक्ति, राजनैतिक दल र मेरा प्रतिद्वन्दी मित्रहरूसँग कुनै बैरभाव नराखी कमलबजार नगरको भविष्य निर्माणमा केन्द्रित भइ मेरो उम्मेदवारी घोषणा गरेको छुँ।
– यो हतारमा गरेको निर्णय नभई मैले विगत ५ वर्षदेखि देखेको सपना हो त्यसैले मैले उप-प्रमुखको पदमै उम्मेदवारी दिएको हुँ।
– राजनीति समाजसेवाको पबित्र कर्म हो मैले यत्ति बुझेको छुँ र बुझ्ने पनि यहि हो। समग्र समाजको कल्याणको निम्ति जनताप्रति इमानदारीता भन्दा अर्को वाद आवश्यक छैन।
– सँस्कार सहितको रूपान्तरित राजनीति आजको आवश्यकता हो, लोकतन्त्रको मुल जग स्थानीय सरकारबाट नै यसको अभ्यास गरिनुपर्छ ।
– कमलबजार नगरको झण्डै ५० करोड  बजेटमा हुने चुहावट, अनियमितता/भ्रष्टाचार नियन्त्रण गर्न सके मात्रै पनि नगरबासीलाई सर्व-सुलभ यातायात ,गुणस्तरीय एवं नि: शुल्क, स्वास्थ्य शिक्षाको व्यवस्था गर्न सकिन्छ।
– नगरबस संचालन गरि बाह्रै महिना सुरक्षीत यात्रा गर्न सकिने गरि सडक निर्माण , मर्मत र स्तरोन्नतिका कार्यक्रम संचालन गरिनेछन् ।
– फरक विचारको सम्मान गर्दै हामी भुइँ मान्छेहरुको हितमा कुनै पनि निर्णय गर्न पछि हट्ने छैन।
– सबैलाई खुशी पार्न त नसकौँला, सकिँदैन पनि तर मलाई भोट दिएकोमा पछुतो हुन दिने छैन। सधैं-सधैं उत्पीडित वर्गको पक्षमा उभिनेछुंँ।
– वर्गको राजनीतिमा विस्वास गर्छुँ, गर्ने पनि यहि हो। जातीय राजनीतिको नाममा राजनीतिलाई नै दुषित पार्ने कार्य कसैले गर्न हुँदैन।
– आर्थिक व्यवस्थापन शुभ- चिन्तकहरुको सहयोगबाट गर्नेछुँ। अत्यावश्यक खर्च वाहेक भोट पाउने आशमा फजुल  खर्च गर्नेछैन।
वैशाख १ गतेबाट पुर्ण रूपमा चुनावी प्रचार-प्रसारमा लाग्नेछुँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय