निर्मल राजा, चैत १०
गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्नाको म्याद सकिन एक दिन मात्र बाँकी रहदा पनि म्यादी प्रहरीमा दरखास्त दिनेको कमी हुन सकेको छैन।
स्थानिय तह निर्वाचन २०७९ लाई लक्षित गरि म्यादी भर्ना सूचना बमोजिम चैत ६ गते देखी ११ गते सम्म प्रहरी प्रधान कार्यालय नक्सालले भर्ना खोलेको थियो।
म्यादी प्रहरी भर्नाका लागी बिभिन्न जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिने प्रहरी कार्यालयमा म्यादी प्रहरी भर्ना खुलेको ५ दिन भईसक्दा पनि भिड उस्तै देखिन्छ ।
बिहीबार बर्दियाको गुलरियामा भने म्यादी प्रहरीमा दरखास्त दिनेको घईचो लागेको छ ।
एक प्रहरी अधिकारीका अनुसार पहिलो दिनमा लाइन ठूलै थियो तर त्यस पछिका दिनमा केही कमी भए पनि आज भने धेरैले आवेदन बुझाएको बताए।
उनले भोली अर्थात चैत ११ गते सम्म अन्तिम दिन भएको हुदा भोली पनि ठूलै लाईन हुन सक्ने बताए।
जिल्ला प्रहरी कार्यालय बिर्दियामा मात्र ६ गते देखी ११ गते सम्म अर्थात ५ दिनमा करिब ६ हजार ४०० सयले म्यादी प्रहरीमा दरखास्त दिएका छन् ।
चर्को घाममा पनि म्यादी प्रहरीमा भर्नाको लाईनमा बसेका बर्दियाको राजापुर नगरपालिकाका रामकृष्ण थारु बिहानको करिब पौने १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बर्दियामा पुगे उनी चर्को घाममा लाईनमा दिनभरि भोकै बसे र दरखास्त बुझाएको बताउछन् ।
उनी भन्छन ६ गते नै म्यादीमा दरखास्त दिेन आउने भने पनि आमा बिरामी हुनु भएकोले त्यस दिन आउन नसके पनि आमालाई अलि ठिक भए पछि आफू आएको बताए ।
बढ्दै गएको बेरोजगारी,कोरोनाले आकारान्त पारेको समय तथा देश बिदेशबाट घर आउनेको संख्या धेरै भएकोले पनि म्यादीमा भर्ना हुनेको संख्या बढेको पाईन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय