कमलबजार,असार ६ ।
कमलबजार नगरपालिकाकाे आयोजनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला विच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । आज कमलबजार नगरपालिकाको सभा हलमा सम्पन्न भएको सो अन्तरक्रिया कार्यक्रम कार्यक्रममा कमलबजार नगरपालिकाका जनप्रतिनिधि र पालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको उपस्थिति रहेको थियोे । सो कार्यक्रममा कमलबजार नगरपालिकाका नगर प्रमुुख यज्ञ प्रसाद ढकालले शैक्षिक गुणस्तर सुुधारका लागी नगरपालिका प्रतिबद्ध रहेको बताउनु भएको छ । जनप्रतिनिधी, सामुदायिक विद्यालयका प्रधानाध्यापक र सरोकारवालाको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रममा प्रधानाध्यापक र वडाअध्यक्षहरुका सुुझाब तथा जिज्ञासाहरुको जवाफ दिदै नगर प्रमुुख ढकालले शैक्षिक क्रियाकलापको अनुगमनको पाटोलाई प्रभावकारि बनाउनु पर्ने, परीक्षा प्रणालीलाई सुधार गर्नुुपर्ने आवश्यकतामा जोड दिनु भयो । उहाँले विध्यालयमा प्रयाप्त मात्रामा भौतिक संरचनाको अभाब, शिक्षकहरुको दरवन्दी प्रयाप्तता नहुनु, शिक्षक र विद्यार्थि स्कुलमा नियमित नहुनु, शिक्षक र विध्यार्थि बिच अन्तरक्रियाको कमि हुुनुुले शैक्षिक गुणस्तर खस्किएको बताउनुुभयो । एक फरक प्रसंगमा बोल्दै नगर प्रमुुख ढकालले शिक्षकले राजनीति गर्न नहुने बताउनु भयो , यदि राजनीति गर्नेनै हो भने शिक्षक बाट राजनीति दिनुपर्ने पनि बताउनु भएको छ  ।
विद्यालयका भौतिक पुुर्वाधार अप्रयाप्त रहेका विद्यालयहरुमा नगरपालिकाको सोचनिय बिषय रहेको भन्दै उहाँले सबैले एकजुट भएर काम गरे मात्रै शैक्षिक गुणस्तर सुधार हुुने बताउनु भयो । यस्तै उहाँले बिभिन्न पार्टीका संघ–संगठनमा आबद्ध भई राजनिती गरिरहेको तर्फ संकेत गर्दै शिक्षकलाई सदस्यता त्याग्न पनि आग्रह गर्नुु भयो ।
शिक्षकहरुले आ–आफ्नो कक्षामा नियमित पठनपाठन कार्यलाई निरन्तरता दिनु पर्ने बताउँदै प्रमुख ढकालले अभिभावकले पनि आफ्ना नानी बाबुको उज्जवल भविष्यको लागी गम्भिर भएर सोच्न जरुरी रहेको बताउनु भयो । शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयमा कम्तीमा ७० प्रतिशत विद्यार्थी उपस्थित हुुने गरि काम गर्न शिक्षक तथा अभिभावकलाई उहाँले आग्रह गर्नुु भयो । विद्यालय समयमा अन्य काम नगर्न, प्रशासनीक रुपमा कडा रुपमा प्रस्तुत हुन पनि नगर प्रमुख ढकालले प्रधानाध्यापकहरुलाई अनुुरोध गर्नुभयो । बिना गल्ती कसैले शिक्षकलाई गाली गलौज गरेको खण्डमा नगरपालिका सहयोगका लागी तत्पर रहेको बताउँदै उहाँले आफ्नो काममा कटिबद्ध रुपमा लाग्नु पर्ने कुरामा जोड दिनुभयो ।
शैक्षिक गुणस्तर सुधारका लागी अनुगमन फितलो भएको कुरालाई गम्भिर रुपमा लिएको बताउदै नगर प्रमुख ढकालले विद्यालयलाई जानकारी नै नदिई छड्के अनुगमन गरिने उहाँको भनाई रहेको थियो ।
यस्तै नगरपालिकाका उपप्रमुुख शारदा बिष्ट कुँवरले अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्दै शैक्षिक गुणस्तर सुधारका लागी नितिगत रुपमा कार्यविधी बनाएर अगाडी बढनु पर्ने कुरा औल्याउनु भयो । उहाँले नगरको समग्र शैक्षिक गुणस्तर सुुधार गर्न शिक्षक, विद्यार्थी अभिभावक एकजुट भइ लाग्नुुपर्ने भनाई राख्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी डा. आभाष मास्केले शैक्षिक सुुधारका साथै शिक्षालाई ब्यवहारिक बनाउन पर्ने बताउनु भएको थियो । कार्यपालिका सदस्यहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक र सरोकारवालाको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रमको स्वागत नगरपालिकाका निमित्त प्रमुुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले गर्नु भएको थियो भने जनप्रतिनिधी, सामुदायिक विद्यालयका प्रधानाध्यापक र सरोकारवालाको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रमको संचालन तथा सहजिकरण शिक्षा शाखा प्रमुख नैन बहादुर कुँवरले गर्नु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय