कमलबजार अछाम माघ १६
सुत्केरी संग उपप्रमुख पोषण कोसेलि सहयोग बितरण कार्यक्रम कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्सा र वडा नम्बर ५ कुुइकामा सम्पन्न भएको छ।

महिलाहरु सुत्केरी भएका बेला पोष्टीकतत्वको एकदमै आवश्यकता पर्ने भएकाले पोषण खाने कुरामा बानि पार्नका लागि यो कार्यक्रमको संचालन गरीएको कमलबजार नगरपालिका उपप्रमुख भुमिसरण ढकाल बजगाइले बताइन्।

कमलबजार नगरपालिकाको आयोजनामा भएको सुतकेरीसुंग उपप्रमुख पोषण कोसेलि सहयोग बितरण कार्यक्रममा चाल्सामा २० जना र कुुइकामा २२ जना सुत्केरीलाइ १ किलो घिउ, ३० ओटा अण्डा र एक एक झोला वितरण गरीएको छ।

कोसेलि बितरण कार्यक्रममा कमलबजार नगरपालिका नगर उपप्रमुख भुमिसरण ढकाल बजगाइ, निमित्त प्रमुख प्रसासकिय अधिकृत खडग बहादुर बिष्ट, स्वास्थ्य साखा प्रमुख चक्र बहादुर बिष्ट, पोषण साखा प्रमुख पबित्रा भण्डारी, रेडियो कमलबजारका स्टेशन मेनेजर अमर धामि लगायत स्वास्थ्यकर्मि जनप्रतिनिधि पाटि प्रतिनिधि हरुको सहभागिता रहेको थियो।

कोसेलि बितरण कार्यक्रम वडा नम्बर४ चाल्सा मा वडा अध्यक्ष ललित ढोलि र वडा नम्बर५ कुुइकामा वडा अध्यक्ष नन्द सिह चलाउनेले अध्यक्षता भएको थियो। आफुुले पाएको कोसेलि ग्रहण गर्दै सुतकेरी महिलाले आगामि दिनहरुमा पनि निरन्तरता दिन नगरपालिका संग आग्रह गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय