कमलबजार , श्रावण ३ । कमलबजार नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरु तथा सम्बन्धित शाखा प्रमुखहरुका लागि विद्यालय दिवा खाजा कार्यक्रम सम्बन्धि परिचयात्मक कार्यक्रम कमलबजारमा आज सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाई, अछाम का प्रमुख लक्ष्मण गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियो भने अतिथमा उपप्रमुख शारदा कुमारी बिष्ट रहनु भएको थियोे । कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियोे । कार्यक्रममा सहभागी अधिकांशले दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा विद्यार्थीको सहभागी बढाउनुका साथै स्वस्थ रहन पनि सहयोग पुर्याएकाले यस्को निरन्तरताका साथै थप व्यवस्थीत बनाउनु पर्नेमा जोड दिनुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय