
हिक्मत नेपाली
कमलबजार, श्रावण २० ।
कमलबजार दलित एकता समाजले क्यान्सर पिडित नरी ढोलीको जीवन रक्षार्थ नरी ढोली बचाउ अभियान अन्तर्गत आज एक कार्यक्रमका विच संकलन भएको रकम हस्तान्तरण गरिएको छ ।हिजो कमलबजार बाट सुरु भएको अभियानमा आज सम्म जम्मा ५० हजार ६ सय पचास रकम संकलन भएको र सो रकम पिडित नरी ढोली लाई हस्तान्तरण गरिएको कमलबजार दलित एकता समाजका अध्यक्ष मिलन नेपालीले जानकारी दिनुभएको छ । संकलित रकमले तत्काल चितवन उपचारका पठाउने र अभियान जारी रहने नेपाली ले बताउनुभयो । साथै समाजले नरी ढोलीको जीवन रक्षार्थ आर्थिक सहयोग गरिदिनहुन सबैलाई अपिल पनि गरेको छ ।
दलित एकता समाजले पिडित नरी ढाेली लाई आर्थिक सहयोग गर्ने उनको घरमा पुगेको वेला ढोली बचाउ अभियान सञ्चालन गर्ने उद्घोष गरेको थियोे ।